कविता वाचन

टोल टोलमा ‘पानीको पर्खाल’

पथरी, १३ पुस । ‘उपहार’ शिर्षकको यो कविता वाचन गर्दै हुनुहुन्थ्यो झापा दमक ४ स्थित सम्बन्ध टोल विकास संस्थाका सदस्य भरत कार्की । मोरङको पथरी शनिश्चरे चोक उत्तरको बासेचौरीको वनभोजस्थलमा वनभोज खान भेलाभएकाहरु माझ कविता प्रस्तुत भएको हो ।
मानिसहरुमा आधुनिक बन्ने नाममा पुस्तक पढ्ने बानी निकै कम हुँदै गएको छ । त्यसमा पनि साहित्यिक पुस्तक त अझ कम पढ्ने गरिन्छ । यस परिवेशमा साहित्यकार कृष्ण उदाशीको पुस्तक ‘पानीको पर्खाल’ भनें सिंगो टोलबासीले नै खरिद गरेर पठन संस्कृतिको विकासमा नौलो आयाम बनेको छ ।
सम्बन्ध टोलका सल्लाहकार उदाशीको सो कविता कृति टोलका सबै सदस्यले खरिद गरेर पढेको अवस्थाको जानकारी संस्थाले पुस १२ गते आयोजना गरेको वनभोज कार्यक्रममा सार्वजनिक गरियो । वनभोज खान आउने अरु अरु समूहका मानिसहरु खानपान र नाचगानमा व्यस्त भइरहँदा सम्बन्ध टोलका सदस्यहरु भनें खानपान र नाचगानसहित पुस्तक खरिद गरेर पढ्ने काम गरे । त्यहाँ कविता समेत वाचन गरेर साहित्यमार्फत समाज जोड्ने प्रयत्न भयो ।
टोलबासीले साहित्य र कलाको प्रवद्र्धन गर्ने र आउने पुस्ताका लागि समेत पठन संस्कृतिप्रति आकर्षित गराउन यसखाले अभियान सञ्चालन गरिएको संस्थाका अध्यक्ष इन्द्रकला पण्डित र सचिव भीमबहादुर थापाको भनाइ छ ।

शक्तिशाली सृजना गर्ने सर्जक उदाशीको चौथो कृतिका रुपमा रहेको ‘पानीको पर्खाल’ को कार्तिक २२ गते काठमाडौंमा प्रथम विमोचन र कार्तिक २९ गते उर्लाबारीमा गृह विमोचन भएको थियो ।गृह विमोचनपछि आफ्नै टोलबासीबाट सबैले पुस्तक किनेर पढ्ने निर्णय गरेपछि सर्जक उदाशी अत्यन्त खुसी बन्नु भयो । उहाँले सिंगो टोलका सदस्यले नै पुस्तक खरिद गरेर पढेको यो नेपालकै पहिलो हुनसक्ने अनुमान गर्नुभएको छ ।

उहाँको पहिलो कृति ‘दाइजो’ उपन्यास हो, जो २०६४ मा प्रकाशित भयो । २०६७ मा गजल संग्रह दोभानपारि बाबरी र २०७० मा श्रीमती वविता घिमिरेसँगको संयुक्त कथा संग्रह ‘म हराएको साँझ’ प्रकाशित छ । उहाँका ५ दर्जन गीत रेकर्ड भएका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जन्मदिनको अबसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री

दमक, ११ साउन | इलामको माङ्सेबुङ गाउँपालिका–४ स्थित ग्रामीण क्षेत्रको जनता आधारभूत विद्यालयका जेहेन्दार तथा आवश्यकतामा रहेका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ।   आफ्नो

सुनसरी घटना ,सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

सुनसरी,११ साउन ।गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ । घिमिरेलाई गृह

बजारमा खाना पकाउने ग्याँसको अभाव छैन : मन्त्री यादव

काठमाडौं,११साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा खाना पकाउने एलपीजी ग्याँसको कुनै अभाव नरहेको स्पष्ट पार्नु भएको छ । केही दिनदेखि बजारमा

कप्तानगन्ज घटनाका विषयमा सर्वदलीय बैठक जारी

विराटनगर,११ साउन। सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगन्ज गाउँपालिका ३‚ कप्तानगन्जमा गएराति भएको घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा अहिले सर्वदलीय बैठक बसिरहेको छ। बैठक जारी रहेको

कम्बोडियाको स्क्यामिङ जालोमा नेपाली, लोभमा परेर नजान आग्रह

काठमान्डौं ,११ साउन ।दक्षिणपूर्वी एसियाका देशमा सञ्चालन भइरहेका अवैध अनलाइन ‘स्क्यामिङ’ सेन्टरमा नेपाली जाने क्रम नरोकिएपछि परराष्ट्र मन्त्रालयले गम्भीर चासो व्यक्त गरेको छ। कम्बोडिया, म्यानमार,

त्रिवि एमबीएस प्रश्नपत्र लिक प्रकरण , ३३ वर्षीय सिंह पक्राउ

काठमान्डौं ,११ साउन । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक प्रकरणमा नयाँ खुलासा भएको छ। प्रहरी अनुसन्धानका क्रममा प्रश्नपत्र लिक गर्ने व्यक्ति