रास्वपालाई समानुपातिक सूची सच्याँउन जेन–जी अभियन्ताको माग

काठमाडौं,१७ पुस। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूची संविधानको मर्म विपरीत रहेको भन्दै जेन–जी अभियन्ताहरुले नै असन्तुष्टि जनाइ रहेका छन । नातावाद–कृपावाद र नेपोटिजम विरुद्ध गरिएको आन्दोलनको प्रतिकूल रास्वपाले उमेद्वारी उठाएको उनीहरुको आरोप रहेको छ ।

रवि लामिछाने, बालेन साह र कुलमान घिसिङले एकता गरेपछि समानुपातिक सूचीमा आ–आफ्नो मान्छे सिफारिस गरेको जेन–जीहरुको आरोप छ । नयाँ दलले फरक गर्छ भनेर भरोसा दिलाउँदै गर्दा कुनै योगदान नभएका व्यापारिक घरानालाई प्राथमिकता दिनु कांग्रेस–एमालेसरह भएको उनीहरुको तर्क रहेको छ ।
जेन–जीहरुले समानुपातिक प्रणालीको धज्जी उडाउँदै पिछडिएको वर्गलाई समेट्न नसक्नु अर्को ठूलो गल्ती गरेको टिप्पणी गरेका छन् । उनीहरुले यस सूचीलाई नसच्याइ निर्वाचनमा गए समानुपातिकमा भोट नहाल्ने चेतावनी समेत दिएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी–पहिरोले १० मेगावाटको सिप्रिङ खोला जलविद्युत ठप्प

काठमाडौं, ६ साउन । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले प्रवद्र्धन गरेको १० मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन पूर्ण रुपमा बन्द भएको छ ।

सुरक्षा सतर्कता बढाउँदै दिल्लीमा १६ वटा मेट्रो स्टेसन बन्द

काठमाडौं,६ साउन । भारतको राजधानी नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा बनाउँदै दिल्ली मेट्रो रेल कर्पोरेसन (डीएमआरसी)ले १६ वटा मेट्रो स्टेशन अस्थायी रूपमा बन्द गरेको छ

बिर्तामोड सडक विस्तारविरुद्ध सर्वोच्चमा रिट, आज सुनुवाइ हुँदै

झापा,६ साउन। बिर्तामोड नगरपालिकाले अघि बढाएको महानन्द चोक–मुक्तिचोक सडक विस्तार योजना सर्वोच्च अदालत पुगेको छ। सडक विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गर्दै

बीपीले समावेशी लोकतन्त्र शब्दमा होइन, व्यवहारमा देखाउनुभयोः गगन थापा

काठमाडौं,६ साउन । नेपाली कांग्रेसका सभापती गगन कुमार थापाले राजनीतिक दलहरूले बहस गर्नुपर्ने नागरिकका महत्त्वपूर्ण विषयहरूमा पर्याप्त छलफल हुन नसकेको बताउनु भएको छ। ४४औं बीपी

राजनीतिक विकृति नरोकिए विस्फोट हुन सक्छः थापा

काठमाडौं,५ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा बढ्दै गएको विकृतिका कारण समाजमा गहिरो असन्तुष्टि पैदा भएको भन्दै नेतृत्वले त्यसलाई समयमै बुझ्न नसके कुनै

कृषि उत्पादकत्व बढाउन सिँचाइ र कृषिलाई सँगै लैजान्छौँ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं,५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सिँचाइ र कृषिलाई एकीकृत गर्दै कृषि उत्पादकत्व वृद्धि गर्ने तयारी भइरहेको बताउनु भएको छ। साथै,