फुङ्लिङ नगरपालिकाले महिला उद्यमशीलता प्रर्वद्धन गर्दै

फुङ्लिङ,१७ पुस। फुङ्लिङ नगरपालिकाले स्थानीय उद्यमीहरुद्वारा उत्पादित सामग्री खरिद गर्न थालेको छ । उत्पादित सामग्री बजारीकरणमा नगरपालिकाले सहजीकरण सुरु गरेको हो । विगत दुई वर्षदेखि नगरपालिकाले अल्लो सङ्कलन, प्रशोधन तथा कपडा बुन्ने तालिम आयोजना गर्दै आएको जाएको छ ।

वडा कार्यालयको समन्वयमा रेड पाण्डा नेटवर्क, हिमाली संरक्षण मञ्च, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला वन कार्यालय र फुङलिङ नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा गएको दुई वर्ष तालिम सञ्चालन गरिएको हो।

तालिममा सहभागी महिलाहरुले फरुम्बो अल्लो कपडा उद्योग दर्ता गरेर सञ्चालनमा ल्याएका हुन् । १६ महिला आवद्ध भई सञ्चालन गरिएको उद्योगले विभिन्न किसिमका सामग्री उत्पादन गर्न थालेको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताउनु भयो ।

उद्यमीहरूलाई प्रोत्साहन गर्न स्थानीय सरकारले सहयोग गरेको वडा नं १० का वडाध्यक्ष सन्तोष लिम्बूले बताउनु भयो । लिम्बूका अनुसार उद्योगमा उत्पादित झोला फुङ्लिङ नगरपालिका—१० फुरुम्बुका विद्यार्थीलाई वितरण गरिएको हो । वडा कार्यालयले खरिद गरी बाल कक्षादेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीलाई निःशुल्क वितरण गरेको छ ।

वडाको चालु आर्थिक वर्षको करिब पाँच लाख बजेटमा झोला खरिद गरी विद्यार्थीलाई वितरण गरिएको छ। फुङ्लिङ नगरपालिका प्रमुख अमिर मादेनले तालिममा सिकेका सीपको सदुपयोग गर्न अनुरोध गर्नु भयो। उद्योगमा कपडा, झोला, टोपी, गलबन्दी, रुमाल लगायतका सामग्री उत्पादन हुँदै आएको बाताइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी–पहिरोले १० मेगावाटको सिप्रिङ खोला जलविद्युत ठप्प

काठमाडौं, ६ साउन । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले प्रवद्र्धन गरेको १० मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन पूर्ण रुपमा बन्द भएको छ ।

सुरक्षा सतर्कता बढाउँदै दिल्लीमा १६ वटा मेट्रो स्टेसन बन्द

काठमाडौं,६ साउन । भारतको राजधानी नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा बनाउँदै दिल्ली मेट्रो रेल कर्पोरेसन (डीएमआरसी)ले १६ वटा मेट्रो स्टेशन अस्थायी रूपमा बन्द गरेको छ

बिर्तामोड सडक विस्तारविरुद्ध सर्वोच्चमा रिट, आज सुनुवाइ हुँदै

झापा,६ साउन। बिर्तामोड नगरपालिकाले अघि बढाएको महानन्द चोक–मुक्तिचोक सडक विस्तार योजना सर्वोच्च अदालत पुगेको छ। सडक विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गर्दै

बीपीले समावेशी लोकतन्त्र शब्दमा होइन, व्यवहारमा देखाउनुभयोः गगन थापा

काठमाडौं,६ साउन । नेपाली कांग्रेसका सभापती गगन कुमार थापाले राजनीतिक दलहरूले बहस गर्नुपर्ने नागरिकका महत्त्वपूर्ण विषयहरूमा पर्याप्त छलफल हुन नसकेको बताउनु भएको छ। ४४औं बीपी

राजनीतिक विकृति नरोकिए विस्फोट हुन सक्छः थापा

काठमाडौं,५ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा बढ्दै गएको विकृतिका कारण समाजमा गहिरो असन्तुष्टि पैदा भएको भन्दै नेतृत्वले त्यसलाई समयमै बुझ्न नसके कुनै

कृषि उत्पादकत्व बढाउन सिँचाइ र कृषिलाई सँगै लैजान्छौँ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं,५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सिँचाइ र कृषिलाई एकीकृत गर्दै कृषि उत्पादकत्व वृद्धि गर्ने तयारी भइरहेको बताउनु भएको छ। साथै,