सुनसरी घटना छानबिन गर्ने सहमतिपछि मृतक पक्ष शव उठाउन तयार

सुनसरी,१७ पुस। सुनसरीको सीमावर्ती इलाकामा सशस्त्र प्रहरीको गोली लागेर सिटी सफारी चालक विजय साहको मृत्यु भएको घटनामा पीडित परिवार प्रशासनबिच सहमति भएको छ ।

सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन गरेर घटनाबारे छानबिन गर्ने सहमति भएको सशस्त्रको नम्बर–१ बराह बाहिनीका डीआईजी कुमार न्यौपानेले बताँउनु भयो ।

समितिमा नेपाल प्रहरीका डीएसपी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत सदस्य हुनुन्छ। ७ दिनभित्र छानबिन प्रतिवेदन पेस गर्नेबारे बिहीबार दुवै पक्षबिच सहमति भएको छ ।

गएराति १ बजेर १० मिनेटमा भारतबाट नेपालतर्फ सामान ल्याउँदै गरेका सफारी चालकमाथि सशस्त्रले गोली प्रहार गर्दा साहको मृत्यु भएको थियो । दुई वटा सफारीमा सवार समूहसँग मुठभेट भएपछि गोली चलाउनुपरेको सशस्त्र प्रहरी बलले बताएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा भएको छलफलमा पीडित परिवारलाई क्षतिपूर्तिको लागी सिफारिस गर्ने र मृतककी पत्नीलाई रोजगारीको लागी सिफारिस गर्ने सहमति भएको हो । सहमति भएसँगै स्थानीयहरू मृतकको शव उठाउन तयार भएको जनाइएको छ् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा ४२ वर्षपछि कोटी हवन हुँदै, भूमिपूजन सुनको हलोले गरिने

दमक, १ मांसिर । ४२ वर्षअघि अर्थात् २०४२ सालमा राष्ट्रगुरु योगी नरहरिनाथको अगुवाइमा झापाको कनकाईधाम (कोटीहोम) मा बृहत् कोटीहोम महायज्ञ आयोजना गरिएको थियो। त्यहि प्रकृतिको

दमकका कर सप्ताहको उद्घाटन , के भने व्यापारीले , अनि कर अधिकृतको चेतावनी कस्तो?

दमक,१ मंसिर । “कर न्याय र सुशासनको सुनिश्चितता ः समृद्धिमा नागरिक सहभागिता” भन्ने मूल नाराका साथ आज देशभर राष्ट्रिय कर दिवस २०८३ मनाइएको छ। नेपालमा

विराटनगरमा राति २ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाइने, नयाँ मापदण्ड जारी

विराटनगर,१ मंसिर । विराटनगरमा निश्चित मापदण्ड पूरा गरेका व्यवसायले अब राति २ बजेसम्म सेवा दिन पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले रात्रिकालीन व्यवसाय

प्रधानमन्त्री र सभापतिसँगको फोटो पोस्ट गर्नेलाई नगद पुरस्कार

काठमाडौं ,१ मंसिर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद पारसमणी गेलालले एउटा आश्चर्यजनक घोषणा गर्नु भएको छ । उहाँको घोषणा हो( प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा

स्थानीय नागरिककोे बलियो आवाज पूर्वाञ्चल दैनिक ३२औँ वर्षमा

बिर्तामोड,१ मंसिर । झापाको बिर्तामोडबाट प्रकाशित यस क्षेत्रकै अग्रणी सञ्चार माध्यम ‘पूर्वाञ्चल दैनिक’ आफ्नो तीन दशकभन्दा लामो गौरवमय यात्रा पूरा गरी आजबाट ३२औँ वर्षमा प्रवेश