वाणिज्य संघले ११ वर्ष अघी खरिद गरेको सिसि क्यामाराको रकम नतिरेको भन्दै व्यवसायी धिमालको चीत्कार

दमक, १८ पुुष । दमक ५ एस एन मार्केटमा रहेको अनलाईन कम्प्यूटरबाट दमक उद्योग वाणिज्य संघले खरिद गरेको सिसि क्यामेराको वक्यौता अझै नतिरेको खुलेको छ । संघले दमक स्थित इलाका प्रहरी कार्यालयको हिरासत कक्ष सहित बिभिन्न ८ सार्वजनीक ठाउँमा राख्न भन्दै उच्च गुणस्तरीय सिसि क्यामारा खरिद गरेको थियो । १० लाख ५२ हजार रुपैँयामा खरिद गर्ने सम्झौता सहित सामान खरिद गरिएकोमा अहिले सम्म ५ लाख रुपैँया प्राप्त गरेपनि बाँकी रहेको वक्यौता रकम अझै सम्म पाउन नसकेको सप्लायर्सका सञ्चालक सुरज धिमालले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नु भएको हो । २०७० पुष ३० गते का दिन गरीएको सम्झौता पत्रको पहिलो पक्षमा तत्कालीन सिसि टिभि जडान समन्वय समितीको संयोजक रहनु भएका गोकुल श्रेष्ठ र दोस्रो पक्षमा सप्लायर्सका तर्फबाट सञ्चालक धिमालले हस्ताक्षर गर्नु भएको छ । यसबारेमा तत्कालीन कार्य समिती देखी वर्तमान कार्य समिती सम्म पटक पटक वक्यौता रकमको भुक्तानीकालागी ताकेदा गर्दा समेत नउठेपछि बाध्य भएर पत्रकार सम्मेलन गर्नुपरेको उहाँले बताउनु भयो ।

 

अव आफुले ५ लाख ४ हजार र धरौटीकालागी राखीएको रकम १ लाख गरी कुल ६ लाख ४ हजार रुपैँया पाउन बाँकी रहेको उहाँले बताउनु भएको छ । यसकालागि वर्तमान कार्यसमितीका अध्यक्ष गोपाल गुरागाई र बरिष्ठ उपाध्यक्ष राजु खड्कासग समेत पटक पटक छलफल गर्दा भुक्तानी गर्ने प्रतिवद्धता जनाउने तर भुक्तानी नगरेपछि आफुलाई समस्या परेको उहाँले उल्लेख गर्नुभयो ।

दमक नगरपालिकामा समेत यो समस्या राखेको र समस्या समाधानकालागी आवश्यक समन्वय गरिदिन भनेर नगरपालिकाले पत्र बनाउँदा समेत उद्योग वाणिज्य संघका पदाधिकारीहरुले चासो नदिएपछि धिमाल व्यापारीलाई हेपेको र आफ्नो आवाज सुन्न निशेध गरेको समेत उहाँले अरोप लगाउनु भएको छ । बिहिबार धिमाल व्यवसायी समुहले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आफ्ना समस्या राख्नु भएको थियो । साथै सोहि अवसरमा बोल्दै अर्का व्यवसायी मनिराज धिमालले संकटको ८० लाख भन्दा बढि लगानी गरेको सोनालिका खाना घर अहिले बन्द गर्नु पर्यो । चल्नै नसकेर बन्द गर्दा समेत के भयो भनेर समेत सोध्न वाणिज्य संघबाट कोहि पनि अनाएको भन्दै दुखेसो पोख्नु भयो । व्यापारीका पीडा र समस्यामा उभीने भन्दै भाषण गरेपनि समस्यामा परेका व्यापारीहरुलाई हौसाला दिन समेत वाणिज्य संघ नआएको भन्दै उहाँले आपत्ती जनाउनु भएको छ ।

पत्रकार सम्मेलनमा आसन्न वाणिज्य संघको निर्वाचनमा तीनवटै प्यानलले धिमाल व्यापारीहरुलाई नअटाएकोमा आपत्ती समेत जनाइएका छन् । दमक नगरपालिकाले प्रथम नागरिक भनेर घोषणा गरेको धिमाल जातीलाई कुनैपनि प्यानलले सदस्यमा समेत नराखेकोमा धिमाल व्यववसायीहरुले आपत्ती जनाएका हुन । निर्वाचनपछि बन्ने समितीमा तीन जना मनोनीत गर्ने कोटामा कम्तीमा एकजना धिमाल व्यवसायीलाई अटाउन उनीहरुले माग समेत राखेका छन ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी–पहिरोले १० मेगावाटको सिप्रिङ खोला जलविद्युत ठप्प

काठमाडौं, ६ साउन । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले प्रवद्र्धन गरेको १० मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन पूर्ण रुपमा बन्द भएको छ ।

सुरक्षा सतर्कता बढाउँदै दिल्लीमा १६ वटा मेट्रो स्टेसन बन्द

काठमाडौं,६ साउन । भारतको राजधानी नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा बनाउँदै दिल्ली मेट्रो रेल कर्पोरेसन (डीएमआरसी)ले १६ वटा मेट्रो स्टेशन अस्थायी रूपमा बन्द गरेको छ

बिर्तामोड सडक विस्तारविरुद्ध सर्वोच्चमा रिट, आज सुनुवाइ हुँदै

झापा,६ साउन। बिर्तामोड नगरपालिकाले अघि बढाएको महानन्द चोक–मुक्तिचोक सडक विस्तार योजना सर्वोच्च अदालत पुगेको छ। सडक विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गर्दै

बीपीले समावेशी लोकतन्त्र शब्दमा होइन, व्यवहारमा देखाउनुभयोः गगन थापा

काठमाडौं,६ साउन । नेपाली कांग्रेसका सभापती गगन कुमार थापाले राजनीतिक दलहरूले बहस गर्नुपर्ने नागरिकका महत्त्वपूर्ण विषयहरूमा पर्याप्त छलफल हुन नसकेको बताउनु भएको छ। ४४औं बीपी

राजनीतिक विकृति नरोकिए विस्फोट हुन सक्छः थापा

काठमाडौं,५ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा बढ्दै गएको विकृतिका कारण समाजमा गहिरो असन्तुष्टि पैदा भएको भन्दै नेतृत्वले त्यसलाई समयमै बुझ्न नसके कुनै

कृषि उत्पादकत्व बढाउन सिँचाइ र कृषिलाई सँगै लैजान्छौँ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं,५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सिँचाइ र कृषिलाई एकीकृत गर्दै कृषि उत्पादकत्व वृद्धि गर्ने तयारी भइरहेको बताउनु भएको छ। साथै,