झापा, १८ पुष । प्रतिबन्धित लागूऔषधसहित झापा दमकका तीन युवा बिर्तामोडमा पक्राउ परेको प्रहरीले जनाएको छ् ।
पक्राउ पर्नेहरुमा दमक ४ बस्ने बर्ष २३ का राजा माझी, दमक १ बस्ने बर्ष २९ का टेकबहादुर कुमाल र सोही ठाउँ बस्ने बर्ष ३३ का हर्कबहादुर कुमाल रहेका छन् । गएराति ९ बजे बिर्तामोड ४ स्थित १ किलोमिटर क्षेत्रबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय बिर्तामोड र लागूऔषध ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले उनीहरुको साथबाट प्लास्टिकबाहेक ६ ग्राम १५० मिलिग्राम ब्राउनसुगर, प्रतिबन्धित नाइट्रोजन ट्याव्लेट ५५ वटा बरामद गरेको हो । तीनैजनालाई नियन्त्रणमा लिई इलका प्रहरी र्कायलय बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।









