औषधि पसलमा लापारबाही

भद्रपुरमा सञ्चालित औषधि पसलहरूमा म्याद गुज्रिएका औषधिहरू फेला

झापा,१८ पुस । झापाको सदरमुकाम भद्रपुरमा सञ्चालित औषधि पसलहरूमा म्याद गुज्रिएका औषधिहरू पसलमै राखेर बेच्ने गरेको पाइएको छ । भद्रपुर नगरपालिका अन्तरगतको उपभोक्ता हित संरक्षण समितिले नगर क्षेत्रका औषधि पसलहरूको अनुगमन गरेको हो।

औषधि पसलहरूले बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्ने उद्देश्यले म्याद गुज्रिएका औषधिहरू पसलमै राखेर बेच्ने र सरसफाइमा समेत ध्यान नदिएको अनुगमनको क्रममा फेला परेको समितिका संयोजक तथा नगर उपप्रमुख राधा कार्कीले बताउनु भयो ।

विभिन्न प्रकारका म्याद गुज्रिएका औषधिहरू जफत गर्नुका साथै पसल सञ्चालकहरूलाई एक पटकका लागि सचेत गराइएको छ । व्यवसाय दर्ता तथा नवीकरण नगरेका पसलहरूलाई सात दिनभित्र दर्ता तथा नवीकरण गरी पसल सञ्चालन गर्न निर्देशनसमेत दिइएको उहाँले बताउनु भयो।

अनुगमनको क्रममा चन्द्रगढीस्थित कृपा फार्मेसीमा ठुलो मात्रामा म्याद गुज्रिएका औषधिहरू फेला परेको, सरसफाइमा ध्यान नदिएको र औषधि स्टोर कक्षमा खाजा बनाउने कार्य गरेको जानकार पाइएको छ ।

चन्द्रगढीकै प्रभु कृपा फार्मेसीले २०७८÷०७९ सम्म नवीकरण गरेकोले ३ दिनभित्र नवीकरण गर्ने र सरसफाइमा ध्यान नदिएको, भद्रपुरस्थित तिम्सिना फार्मेसीले २०६९÷७० यता व्यवसाय नवीकरण नगरेको र औषधिहरूको प्रकार अनुसार छुट्टा छुट्टै नराखी बिक्री गरेको जानकारी पाइएको छ ।

त्यस्तै गीता फार्मेसीले व्यवसाय दर्ता नवीकरण नगरेकोले सात दिनभित्र नगरपालिकामा आएर नवीकरण गर्न निर्देशन दिएको छ । रिदम हेल्थ केयर सेन्टरले नगरपालिकामा व्यवसाय दर्ता नगरेको, दर्ता भएका कागजातहरू नवीकरण नभएको, नभएका डाक्टरहरूको नाम लेखेर राखेको, दररेट नभएको र नागरिक बडापत्र नभएको जनाइएको छ ।

चन्द्रगढी मानव डेन्टलले २०७९÷०८० देखि व्यवसाय दर्ता नवीकरण नगरेको, न्यु साझा डेन्टल होमले नगरपालिकामा व्यवसाय दर्ता नगरेको र सरसफाइमा ध्यान नदिएको राजश्व शाखा प्रमुख सुशील कर्णले जानकारी दिनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी–पहिरोले १० मेगावाटको सिप्रिङ खोला जलविद्युत ठप्प

काठमाडौं, ६ साउन । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले प्रवद्र्धन गरेको १० मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन पूर्ण रुपमा बन्द भएको छ ।

सुरक्षा सतर्कता बढाउँदै दिल्लीमा १६ वटा मेट्रो स्टेसन बन्द

काठमाडौं,६ साउन । भारतको राजधानी नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा बनाउँदै दिल्ली मेट्रो रेल कर्पोरेसन (डीएमआरसी)ले १६ वटा मेट्रो स्टेशन अस्थायी रूपमा बन्द गरेको छ

बिर्तामोड सडक विस्तारविरुद्ध सर्वोच्चमा रिट, आज सुनुवाइ हुँदै

झापा,६ साउन। बिर्तामोड नगरपालिकाले अघि बढाएको महानन्द चोक–मुक्तिचोक सडक विस्तार योजना सर्वोच्च अदालत पुगेको छ। सडक विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गर्दै

बीपीले समावेशी लोकतन्त्र शब्दमा होइन, व्यवहारमा देखाउनुभयोः गगन थापा

काठमाडौं,६ साउन । नेपाली कांग्रेसका सभापती गगन कुमार थापाले राजनीतिक दलहरूले बहस गर्नुपर्ने नागरिकका महत्त्वपूर्ण विषयहरूमा पर्याप्त छलफल हुन नसकेको बताउनु भएको छ। ४४औं बीपी

राजनीतिक विकृति नरोकिए विस्फोट हुन सक्छः थापा

काठमाडौं,५ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा बढ्दै गएको विकृतिका कारण समाजमा गहिरो असन्तुष्टि पैदा भएको भन्दै नेतृत्वले त्यसलाई समयमै बुझ्न नसके कुनै

कृषि उत्पादकत्व बढाउन सिँचाइ र कृषिलाई सँगै लैजान्छौँ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं,५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सिँचाइ र कृषिलाई एकीकृत गर्दै कृषि उत्पादकत्व वृद्धि गर्ने तयारी भइरहेको बताउनु भएको छ। साथै,