अन्तर्राष्ट्रिय नारी दिवस : भद्रपुरमा वृद्ध आमा तथा असल बुहारीलाई सम्मान

1646722406_Nari Samman 3

 

  

 

 

 

भद्रपुर  ११२ औं अन्तर्राष्ट्रिय श्रमिक नारी दिवसको अवसर पारेर भद्रपुर १० स्थित चन्द्रगढी सेवा समाजले सम्मान सहित विविध कार्यक्रम सम्पन्न गरेको छ । समाजका अध्यक्ष कमलप्रसाद अधिकारीको अध्यक्षता तथा भद्रपुर नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठको प्रमुख आतिथ्यमा वृद्ध आमा तथा असल बुहारी सम्मान गरिएको हो ।

 

कार्यक्रममा वृद्ध आमाका रूपमा भद्रपुर १० की ७७ वर्षीया पुण्यकुमारी मैनाली र असल बुहारीका रूपमा भद्रपुर ७ की कल्पना ढकाल चापागाईँलाई सम्मान गरिएको हो ।

 

सचिव देवीमाया अधिकारीको सञ्चालन र उपाध्यक्ष नयाँ नाथ पाण्डेले स्वागत गरेको कार्यक्रममा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी र नेकपा माओवादी केन्द्रका भद्रपुर नगर अध्यक्ष शिवकुमार राज भण्डारीले शुभकामना मन्तव्य राख्दै नारीको सम्मानमा सबै जुट्नु पर्ने धारणा राखेका थिए ।

 

सोही अवसर पारेर समाजका संरक्षक सदस्य होमनाथ घिमिरेले संस्थाको दिगो आर्थिक व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले एक लाख ११ हजार एक सय ११ रुपैयाँ अक्षयकोष निर्माणका लागि आर्थिक सहयोग गरेका थिए भने शिवकुमार राज भण्डारीले पाँच हजार ५ सय ५५ र गणेश पौडेलले पाँच हजार एक सय  अक्षय कोष निर्माणका लागि सहयोग प्रदान गरेका थिए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३ करोड ६१ लाखको सामानसहित तीन भारतीय कन्टेनर नियन्त्रणमा

दमक, ५ जेठ / झापाको बिर्तामोड नगरपालिकास्थित नागरमोडे क्षेत्रबाट प्रहरीले करिब ३ करोड ६१ लाख बराबरको अवैध सामानसहित तीनवटा भारतीय नम्बर प्लेटका कन्टेनरलाई नियन्त्रणमा लिएको