दमकको बेलडाँगी बजारमा व्यापारी किन नगएका ? मेयर थापाको यस्तो दाबि

दमक, २२ पुष । २०८१ साल भाद्र १८ गते निकै तामझाम सहित दमक ३ स्थित बेलडाँगी बजार उद्धघाटन गरीएको थियो । त्यसताका स्थानीयबासीन्दा पनि निकै उत्साहीत थीए । अव आफ्नो ठाउँको उत्पादन आफ्नै ठाउँमा बेच्न पाइने भइयो भनेर । स्टल लिनेको होडबाजी पनि चलेजस्तो गर्यो । तर त्यो धेरै दिन टिक्दै टिकेन । दमक नगरपालिका, कोशी प्रदेश सरकार र अन्तरािष्ट्रय दातृ सस्थाको समेत संयूक्त लगानीमा बनेको यो बजार एक वर्ष पनि नपुग्दै बन्द जस्तै भयो । व्यापारीहरुले आफ्नो व्यापार त्यहाँ लगाउन छोडे । सडकको किनारमै पसल राख्न थाले । खासमा यहाँ व्यापारी किन जान नमानेका हुन भन्नेबारेमा धेरै चर्चा भयो । तर यसको गज्जवको कुरा चाहि के छ भने यो बजार जहाँ बनेको छ त्यो ठाउँ कुनै सार्वजिनक हैन ।
यो ठाउ व्यक्तिगत जग्गामा बनेको छ ।

 

व्यक्तिहरुले बजार निर्माण गर्न जग्गा उपलब्ध गराएपनि त्यसको आधिकारीकता पुरा भइसकेको थिएन । अर्थात यो जमिन दमक नगरपालिकाको नाममा आइसकेको थीएन । सरकारी नाममा नआएपनि सरकारले भने यहाँ लगानी गरेर बजार बनायो । तर अहिले यो लगानी बालुवामा पानी जस्तै बनेको छ । किन यस्तो भयो ? भनी दमक नगरपालिकाका प्रमुख राम कुमार थापा भन्नु हुन्छ सुरुमै हामीले पनि ध्यान पुर्याउनु पर्ने थियो त्यसबेला पुगेनछ । तर अहिले चाहि नगरपालिकाको स्वामित्वमा ल्याइसकिएको पनि उहाँले उल्लेख गर्नु भएको छ । तरपनि त्यहाँ त्यहि ठाउँका व्यापारीलाई लैजान नसकिएकोमा ग्लानी भएको पनि बताउनु भयो । उहाँ भन्नु हुन्छ ‘त्यस ठाउँमा बजार लैजान, बनाउने र सबैलाई व्यवस्थापन गर्ने भनेर स्थानीय अगुवाहरु छलफल गर्नुहुन्छ , सहमतीमा हस्ताक्षर गर्नुहुन्छ तर त्यहाँबाट निस्केर त्यहाँ किन जानु भन्दै कुरा गर्नु हुन्छ , अनी कसरी हुन्छ कार्यान्वायन ? उहाँले स्थानीयकै कमजोर मानसिकताका कारण दमकको बेलडाँगी बजार सञ्चालन हुन नसकेको दाबि गर्नु भयो ।

 

झण्डै ७० लाख रुपैँया लगानी गरेर बनेको बेलडाँगी बजारका पक्की संरचना अहिले भत्कने अवस्थामा पुगेका छन् । यहाँ रहेका स्टलहरु चैपायाको बासस्थान बन्ने जोखीम बढिरहेको छ । यत्तीको व्यवस्थित बजार क्षेत्र हुदापनि व्यापारीहरु स्थानीय राजनैतिक चङ्गुलमा लागेर सर्न नमानेको भन्दै आलोचना हुन थालेको छ र राज्य र दातृ निकायको लगानीको अर्थ पनि खोज्न थालीएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा

बुद्ध जयन्तीमा प्रधानमन्त्रीको आग्रह– शान्ति र अहिंसाको बाटो रोजौँ

काठमाडौं,१८ वैशाख । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई आग्रह गर्नु भएको छ । आज बुद्ध जयन्तीको अवसरमा सामाजिक सञ्जालमार्फत

डिआइजी रेग्मीद्वारा इलाका प्रहरी कार्यालय पालुङको निरीक्षण

हेटौँडा,१८ वैशाख । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिपक रेग्मी तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर

काठमाडौं महानगरद्वारा मेलमिलापकर्ताको शपथ र अभिमुखीकरण र्कायक्रम सम्पन्न

काठमाडौं,१८ वैशाख । काठमाडौं महानगरपालिकामा सूचीकृत १५४ जना मेलमिलापकर्तालाई कार्यवाहक प्रमुख सुनिता डंगोलले शपथ गराउनु भएको छ। राष्ट्रियसभा गृहमा आयोजना गरिएको ‘मेलमिलापकर्ताको शपथ तथा अभिमुखीकरण’

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली