दमकमा लायन्स क्लबको फुड फिडिङ कार्यक्रम , यस्तो देखियो दृश्य

दमक,२२ पुस । दैनिक जीवनका अभावबीच पढाइलाई निरन्तरता दिइरहेका विपन्न परिवारका बालबालिकाका लागि एक प्लेट पौष्टिक खाना कति अर्थपूर्ण हुन्छ भन्ने दृश्य आज दमकमा देखियो।
एकदिन भएपनि विद्यालय आउने बालबालिकाको मुहारमा खुसी ल्याउने र उनीहरुलाई पढाइप्रति थप उत्साहित बनाउने उद्देश्यका साथ लायन्स क्लब अफ दमक माउन्ट एभरेष्ट र लिओ दमकको संयुक्त आयोजनामा दमकस्थित पृथ्वी माध्यमिक विद्यालयमा फुड फिडिङ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम अन्तर्गत कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरुलाई पौष्टिक खाना वितरण गरिएको थियो। खाना पाउँदा विद्यार्थीहरुको अनुहारमा देखिएको उत्साह र खुसीले कार्यक्रमको उद्देश्य आफैं बोलेको जस्तो देखिन्थ्यो।

कार्यक्रममा दमक नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष भिम पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने लायन्स क्लब अफ दमक माउन्ट एभरेष्टका अध्यक्ष सतप्रकाश साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
सधैं खुवाउन नसकिएपनि एकदिन भएपनि बालबालिकाले आत्मीयता र साथको अनुभूति गरुन्, विद्यालय आउन प्रेरणा मिलोस् भन्ने सोचका साथ यस्तो कार्यक्रम आयोजना गरिएको लायन्स क्लबले जनाएको छ। यस्ता गतिविधिले विद्यार्थीमा समाज र सेवाभावप्रति सकारात्मक सोच विकास हुने लायन्स क्लबका डिस्ट्रीक गर्भनर बबरजंग थापाको भनाइ छ।

कार्यक्रमप्रति आभार व्यक्त गर्दै पृथ्वी माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु बहादुर राईले लायन्स क्लबसँग सहकार्य गरेर आगामी दिनमा पनि विभिन्न सामाजिक तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभएको छ। उहाँका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीलाई विद्यालय आउन थप प्रोत्साहन मिल्नेछ।
विद्यार्थीको पोषण र मनोबल दुवैलाई लक्षित गर्दै लायन्स क्लब अफ दमक माउन्ट एभरेष्टले भविष्यमा पनि यस्तै खाले सामाजिक उत्तरदायित्वका कार्यक्रम निरन्तर सञ्चालन गर्ने जनाएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पहिरो हटाइएपछि बीपी राजमार्ग खुल्यो

रामेछाप,३ साउन । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली स्थित विरुवाडाँडामा सडक माथिबाट आएको लेदो तथा गिम्दी र चारसयबेसी–घुमाउने क्षेत्रमा माथिबाट खसेको सुख्खा पहिरो हटाइएपछि अवरुद्ध बीपी

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको