बिर्तामोडमा लागुऔषध कारोबारी पक्राउ

झापा,२२ पुस ।आज समयमा जिल्ला झापा बिर्तामोड नगरपालिका वडा नम्बर १, सूर्यनगर टोलस्थित काली मन्दिर नजिकै रहेको अजय राजवंशीको घरको कोठामा लागुऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले छापा मारेको हो।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी निरीक्षक प्रबिण श्रेष्ठको नेतृत्वमा गएको टोली र लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टाबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्दा सोही स्थानका करिब ४० वर्षका अजय राजवंशीको साथबाट तथा घरको कोठाभित्र लुकाइछिपाइ राखिएको लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित १३१ ग्राम ३६० मिलिग्राम र प्लास्टिक बाहेक १२३ ग्राम १८० मिलिग्राम बरामद गरिएको छ।
त्यसैगरी नगद नेपाली रुपैयाँ दुई लाख सडसठ्ठी हजार, भारतीय रुपैयाँ उनन्तिस हजार पाँच सय, एक थान डिजिटल तराजु, एक थान कैँची, एक थान चक्कु तथा दुई थान मोबाइल फोन समेत फेला परेको प्रहरीले जानकारी दिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पहिरो हटाइएपछि बीपी राजमार्ग खुल्यो

रामेछाप,३ साउन । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली स्थित विरुवाडाँडामा सडक माथिबाट आएको लेदो तथा गिम्दी र चारसयबेसी–घुमाउने क्षेत्रमा माथिबाट खसेको सुख्खा पहिरो हटाइएपछि अवरुद्ध बीपी

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको