झापाको शनिश्चरे–खुदुनावारी विरिङ खोलामा पुल निर्माणका लागि स्वीकृत

झापा,२३ पुस। झापाको शनिश्चरे–खुदुनावारी सडक खण्डको विरिङ खोलामा पुल निर्माणका लागि ३५ करोड रुपैयाँ स्वीकृत भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको सचिवालयले उक्त बजेट स्वीकृत भएको जानकारी दिएको हो ।

पुल निर्माणका लागि पहल गरिरहेका सभामुख घिमिरेसहित अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ लगायतले बजेट स्वीकृति भएकाले लामो समयदेखिको प्रतिक्षा समाप्त भएको बताँउनु भएको छ । वर्षौ पुरानो पुल विरिङ खोलामा आएको बाढीले प्रयोग गर्नै नमिल्ने गरी भाँचिएको थियो । पुल भाँचिएपछि प्रयोग नै गर्न छोडिएको हो । पुल निर्माण नहुँदा आवातजावतमै समस्या भइरहेको थियो ।

अर्जुनधारा वडा नं ७ लाई वडा नं ४ र १ सँग जोड्ने शनिश्चरे खुदुनावारी सडकको विरिङ खोलामा बजेट स्वीकृत भएसँगै पुल निर्माणको काम सुनिश्चित भएको बताइएको छ । ठेक्का प्रकृया तत्काल अगाडि बढाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बताएको छ ।

पुल निर्माणको काममा सुरूवात देखि नै अत्यन्तै गम्भीरताका साथ लागेको जनाउदै सभामुख देवराज घिमिरेले समन्वयकारी भूमिका निर्वाह गर्नेहरुलाई धन्यवाद समेत दिनु भयो। राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय अगुवाहरू तथा स्थानीय नागरिक बजेट स्वीकृतिसँगै खुशी व्यक्त गरेका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा ४२ वर्षपछि कोटी हवन हुँदै, भूमिपूजन सुनको हलोले गरिने

दमक, १ मांसिर । ४२ वर्षअघि अर्थात् २०४२ सालमा राष्ट्रगुरु योगी नरहरिनाथको अगुवाइमा झापाको कनकाईधाम (कोटीहोम) मा बृहत् कोटीहोम महायज्ञ आयोजना गरिएको थियो। त्यहि प्रकृतिको

दमकका कर सप्ताहको उद्घाटन , के भने व्यापारीले , अनि कर अधिकृतको चेतावनी कस्तो?

दमक,१ मंसिर । “कर न्याय र सुशासनको सुनिश्चितता ः समृद्धिमा नागरिक सहभागिता” भन्ने मूल नाराका साथ आज देशभर राष्ट्रिय कर दिवस २०८३ मनाइएको छ। नेपालमा

विराटनगरमा राति २ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाइने, नयाँ मापदण्ड जारी

विराटनगर,१ मंसिर । विराटनगरमा निश्चित मापदण्ड पूरा गरेका व्यवसायले अब राति २ बजेसम्म सेवा दिन पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले रात्रिकालीन व्यवसाय

प्रधानमन्त्री र सभापतिसँगको फोटो पोस्ट गर्नेलाई नगद पुरस्कार

काठमाडौं ,१ मंसिर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद पारसमणी गेलालले एउटा आश्चर्यजनक घोषणा गर्नु भएको छ । उहाँको घोषणा हो( प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा

स्थानीय नागरिककोे बलियो आवाज पूर्वाञ्चल दैनिक ३२औँ वर्षमा

बिर्तामोड,१ मंसिर । झापाको बिर्तामोडबाट प्रकाशित यस क्षेत्रकै अग्रणी सञ्चार माध्यम ‘पूर्वाञ्चल दैनिक’ आफ्नो तीन दशकभन्दा लामो गौरवमय यात्रा पूरा गरी आजबाट ३२औँ वर्षमा प्रवेश

कात्तिकमा ६४ हजार बढीले गरे पाथीभरा दर्शन

ताप्लेजुङ,१ मंसिर । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरामा कात्तिक महिनामा ६४ हजारभन्दा भक्तजनहरुले दर्शन गर्नु भएको छ । एक महिनाको अवधिमा ६४ हजार १०६