राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस, एमाले र जसपा नेपालबीच गठबन्धन

काठमाडौँ,२३ पुस । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले र जसपा नेपालबिच गठबन्धन भएको छ । सहमति बमोजिम तीन दलले उम्मेदवार तय गरिसकेको बताएका छन् ।

कांग्रेसले ९ सिटका लागि उम्मेदवार सिफारिस गरिसकेको छ । पार्टीले कोशी प्रदेशबाट अन्य क्लस्टरमा सुनिल थापालाई उम्मेदवार बनाइएको छ । उहाँ पार्टीका पूर्वसहमहामन्त्री र बहालवाला कार्यसम्पादन समिति सदस्य हुनुन्छ । थापाले राष्ट्रियसभामा उम्मेदवार बन्नका लागि राष्ट्रपतिको प्रमुख राजनीतिक सल्लाहकारबाट केही दिनअघि राजीनामा दिनु भएको थियो । थापा पूर्वप्रतिनिधिसभा सदस्य र पूर्वमन्त्री पनि हुनुन्छ । उहाँ पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा पनि हुनुन्छ ।

त्यस्तै कांग्रेसले लुम्बिनी प्रदेशको अन्य क्लस्टरमा पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर केसीलाई उम्मेदवार बनाएको छ । केसी गुल्मीका पार्टीका पुराना नेता हुनुन्छ ।त्यस्तै कर्णालीबाट कांग्रेसले अन्य क्लस्टरमा पार्टीका कर्णाली प्रदेश सभापति ललितजंग शाहीलाई उम्मेदवार बनाएको हो ।

गण्डकी प्रदेशको अन्य क्लस्टरमा काँग्रेसले पार्टीको शुभेच्छुक संस्था प्रजातन्त्रवादी प्राध्यापक संघका सभापति जगत तिमिल्सिनालाई उम्मेदवार बनाएको हो । मधेस प्रदेशको अपांगता अल्पसंख्यक क्लस्टरमा काँग्रेसले नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष रञ्जित कर्णलाई उम्मेदवार बनाएको हो । कर्ण यसअघि संविधानसभामा पनि समानुपातिकबाट सांसद बन्नु भएको थियो ।

नेकपा एमालेले ८ जना उम्मेदवारको टुंगो लगाएको छ । जसअनुसार एमालेले कोशी प्रदेशमा रोशनी मेचे र सोम पोर्तेललाई उम्मेदवार बनाएको हो । यस्तै मधेस प्रदेशबाट रेखा झा, बागमतीबाट प्रेम दंगाल र गण्डकी प्रदेशमा सम्झना देवकोटाले उम्मेदवारी दिने निर्णय एमालेले गरेको हो । यसैगरी एमालेले लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीला भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले बताउनु भयो । उम्मेदवारहरुले आजै उम्मेदवारी दर्ता गराउँदैछन् ।
जसपा नेपालले भने महन्थ ठाकुरलाई राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बनाएको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पहिरो हटाइएपछि बीपी राजमार्ग खुल्यो

रामेछाप,३ साउन । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली स्थित विरुवाडाँडामा सडक माथिबाट आएको लेदो तथा गिम्दी र चारसयबेसी–घुमाउने क्षेत्रमा माथिबाट खसेको सुख्खा पहिरो हटाइएपछि अवरुद्ध बीपी

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको