परिचयपत्र अनिवार्य

निर्वाचन नजिकिँदै गर्दा झापाको नाकामा कडाइ

कोशी प्रदेशका सीमावर्ती जिल्लाहरूमा निर्वाचन सुरक्षाका लागि प्रशासनले उच्च सतर्कता अपनाएको छ।

झापा,२३ पुस । झापामा निर्वाचन केन्द्रित गतिविधि तीव्र पारिएको छ । राजनीतिक दल उम्मेदवार छनोटमा व्यस्त छन् भने सुरक्षा निकाय रणनीति कार्यान्वयनमा जुटि रहेका छन् । पश्चिम बंगाल र बिहार दुवै राज्यसँग सीमा जोडिने झापामा नेपाल प्रवेश गर्ने यात्रुलाई परिचयपत्र अनिवार्य गरिएको छ ।

‘आफ्नो पहिचान खुल्ने आधार देखाएर मात्रै नेपाल छिर्न पाइन्छ,’ नाकामा तैनाथ एक सुरक्षाकर्मीले भन्नु भयो, ‘परिचयपत्रविना छिर्न नदिने माथिको आदेश छ ।’

बंगालसँग जोडिने काँकडभिट्टा नाका र बिहारसँग जोडिने भद्रपुरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा कडा जाँच थालेका छन् । झापा प्रहरीका प्रवक्ता खगेन्द्रबहादुर खड्काले भन्नु भयो, ‘निर्वाचन नजिकिँदै जाँदा सीमा क्षेत्रमा हुने अवैध गतिविधि र अनधिकृत प्रवेश रोक्नु मुख्य उद्देश्य हो ।’

निर्वाचन सुरक्षाका लागि झापामा मात्र ७ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने योजना बनाइएको छ । जनपद प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी गरी सो संख्या परिचालन गरिने भए पनि यसमा नेपाली सेनाको संख्या समावेश छैन ।

झापामा जेन–जी आन्दोलनका क्रममा लुटिएका १७ थान विभिन्न हतियार र करिब १० हजार राउन्ड गोली अझै फेला नपर्नु अर्को गम्भीर चुनौती हो । ती हतियारको अवस्था अज्ञात रहेकाले सुरक्षा निकायले जोखिम मूल्यांकन गर्दै थप निगरानी र खोजी तीव्र बनाएको बताएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पहिरो हटाइएपछि बीपी राजमार्ग खुल्यो

रामेछाप,३ साउन । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली स्थित विरुवाडाँडामा सडक माथिबाट आएको लेदो तथा गिम्दी र चारसयबेसी–घुमाउने क्षेत्रमा माथिबाट खसेको सुख्खा पहिरो हटाइएपछि अवरुद्ध बीपी

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको