राष्ट्रिय सभा निर्वाचन

‘मेरो पहिलेदेखिको माग राष्ट्रियसभामा नै जाने थियो’ : पोर्तेल

पुस २२ गते नै निर्वाचन आयोगमा लिखित रूपमा आफू समानुपातिक उम्मेदवार नबन्ने जानकारी गराइसकेको पोर्तेलले स्पष्ट पार्नु भएको छ

दमक, २४ माघ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमालेबाट कोशी प्रदेशको दलित कोटामा उम्मेदवारी दिएका सोम पोर्तेलले आफ्नो उम्मेदवारीबारे धारणा सार्वजनिक गर्नु भएको छ ।

पोर्तेलले आफू प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार बन्ने खासै आकांक्षी नरहेको रेडियो किङ एफ एमको कार्यक्रम सत्य संवाद मार्फत स्पष्ट पार्नुभएको हो । यदि प्रत्यक्ष निर्वाचन लड्ने अवस्था बने मात्र अघि बढ्ने, नत्र समानुपातिकमा नजाने भन्ने अडान आफूले सुरुदेखि नै राखेको उहाँको भनाइ छ।

पार्टीको निर्णयलाई सम्मान गर्दै अघि बढे पनि गएको पुस २२ गते नै निर्वाचन आयोगमा लिखित रूपमा आफू समानुपातिक उम्मेदवार नबन्ने जानकारी गराइसकेको पोर्तेलले स्पष्ट पार्नु भएको छ ।

उहाँले आफ्नो राजनीतिक चाहना पहिलेदेखि नै राष्ट्रिय सभामा पुगेर काम गर्ने रहेको पनि बताउनु भयो । राष्ट्रिय सभालाई कार्यकर्ता र जेष्ठ नेताको व्यवस्थापनको थलो मात्र भन्ने आलोचना चिर्ने उद्देश्यसहित आफूले त्यहाँबाट प्रभावकारी भूमिका खेल्ने आकांक्षा राखेको पोर्तेलको भनाइ छ।

पोर्तेलले पार्टीले आफ्नो नाममा निर्णय गरेर केवल व्यक्तिगत आकांक्षा मात्र पूरा नगरेको, दलित समुदायले पनि नेतृत्व गर्न सक्छ भन्ने विश्वास स्थापित गरेको बताउनु भएको छ । राष्ट्रिय सभा सदस्य बनेपछि दलित समुदायका अधिकारलाई व्यवहारिक र संस्थागत रूपमा सुनिश्चित गर्न आफूले निरन्तर पहल गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभएको छ ।

गठबन्धनको अवस्थाका कारण कोशी प्रदेशबाट पोर्तेलको जित लगभग निश्चित मानिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवामा आएको बाढिमा झापाका १० जना बेपत्ता

दमक,१२ भदौ | रसुवा स्थित भोटेकोसीमा आएको अप्रत्याशित बाढिमा परि झापाका  १० जना बेपत्ता भएका छन ।   जिल्ला प्रशासन कार्यालय झापाको सूचना शाखाका अनुसार

रसुवा बाढीपीडितका लागि ६ घण्टामै २७ करोड ३३ लाख जुट्यो

काठमाडौं , भदौ ११ । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ।

बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख दिने

बिर्तामोड , भदौ ११ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि बिर्तामोड नगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने

रसुवाको मैलुङबाट दोलखाका सन्तोष थपलिया सम्पर्कविहीन, खोजी तीव्र

काठमाडौं , भदौ ११ । दोलखाको मेलुङ गाउँपालिका–१, पवटी स्थायी घर भएका सन्तोष थपलिया रसुवाको मैलुङ क्षेत्रबाट सम्पर्कविहीन भएका छन्। थपलिया विगत डेढ वर्षदेखि कोरियन

बाढीको त्रास र हराउँदै गएको मानवीय संवेदना

काठमाडौं,११ भदौ । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी र पहिरोले केवल घर, सडक र संरचना मात्र बगाएन । धेरै परिवारका सपना,

बाढीमा ३५९ जनाको मृत्यु, ६३ घाइते, २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ , ११ भदौ। रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी हालसम्म ३५९ जनाको शव फेला परेको छ। बाढीपछिको खोज तथा उद्धार कार्यमा ४ हजार ३४८