प्रतिनिधि सभा निर्वाचनका लागि झापामा राष्ट्रिय अग्रगामी गठबन्धनको उम्मेदवार घोषणा

झापा, २५ पुस । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टी, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालले उम्मेदवार घोषणा गरेको छ ।

तीन दल मिलेर बनेको ‘राष्ट्रिय अग्रगामी गठबन्धन’ले बिहीबार झापाका पाँचै वटा निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फको उम्मेदवार घोषणा गरेको छ। गठबन्धनको बिर्तामोडमा उम्मेदवार घोषणा कार्यक्रमको आयोजना गरी पाँच वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवार तोकि सकेको छ।

गठबन्धनले झापा क्षेत्र नं. १ मा बासुदेव सिंजाली मगर, निर्वाचन क्षेत्र नं. २ मा तिलबहादुर राई, क्षेत्र नं. ३ मा उदित नारायण राजवंशी, बिनिता राजवंशी, गणेश इङ्नाम, निर्वाचन क्षेत्र नं. ४ मा त्रिनारायण राजवंशी र निर्वाचन क्षेत्र नं. ५ मा बुद्धि न्यौपानेलाई उम्मेदवार तोकेको हो ।

उम्मेदवार घोषणा कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ नेता सञ्जुहाङ पालुङ्वा, पार्टीका केन्द्रीय उपाध्यक्षद्वय त्रिनारायण राजवंशी, मित्र लिङ्देन, केन्द्रीय महासचिव लासिम पालुङ्वा, संयुक्त पहिचानवादी मोर्चाका सङ्गठन विभागका एलबी पालुङ्वा लगायतले पहिचानको आन्दोलन र विचारलाई स्थापित गर्न आगामी निर्वाचनमा जाँतो चुनाव चिह्नमा मतदान गर्नुपर्नेमा जोड दिनुभएको छ।

गठबन्धनले जिल्लाको चुनावी अभियान बलियो बनाउन ५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ । समितिको संयोजकमा डोमालाल राजवंशी, सहसंयोजक समर राई, हरिनारायण चौधरी, सचिव तीर्थ राई र सहसचिव दिनेश माबो रहनुभएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पहिरो हटाइएपछि बीपी राजमार्ग खुल्यो

रामेछाप,३ साउन । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली स्थित विरुवाडाँडामा सडक माथिबाट आएको लेदो तथा गिम्दी र चारसयबेसी–घुमाउने क्षेत्रमा माथिबाट खसेको सुख्खा पहिरो हटाइएपछि अवरुद्ध बीपी

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको