पथरी क्षेत्रमा ५० मिटरको सडक निर्माणको माग

जिरिखिम्तीको समस्या समाधानमा जोड

पथरी, २८ पुस l  उत्तरपूर्वी मोरङको पथरी शनिश्चरे नगरपालिकास्थित पथरी बजार क्षेत्रमा चारलेन मात्रको सडक बन्ने प्रसंग अघि बढेपछि स्थानीयले ६ लेनकै सडक बन्नुपर्ने माग अघि सारेका छन् ।

 

सडकको ८२ मिटर क्षेत्रमा पर्ने संरचना हटाउनका लागि १ नम्बर वडा कार्यालयले ३५ दिने सूचना गर्ने निर्णय अनुरुप आज सूचना जारी भएको छ । एशियन हाइवे परियोजनालाई ५० मिटर अर्थात ६ लेनकै सडक निर्माणमा ध्यानाकर्षण गराइने सर्वपक्षीय भेलाले निर्णय गरेको छ । वडाअध्यक्ष भीमकुमार राईको अध्यक्षताको दल तथा विभिन्न सरोकारवालाहरुको भेला सम्पन्न भएको छ । भेलाले सर्वपक्षीय १३ सदस्यीय समितिले गत भदौमा कार्यालयसँग भएको सहमति अनुरुप सडक परियोजनाको कार्यालय इटहरीमा ध्यानाकर्षण गराउने निर्णय भएको समितिका संयोजक एवम् वडाअध्यक्ष राईले जनाउनु भयो ।

 

समितिका सदस्यहरुमा पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत, एमालेकातर्फबाट पूर्व वडाध्यक्ष बाबुराम एङ्देन, वडा सदस्य पूर्णबहादुर कार्की, कांग्रेसका दुर्गाप्रसाद भट्टराई, नेकपाका तुलसी ढकाल, रास्वपाका मोहनकुमार श्रेष्ठ, प्रभावित क्षेत्रसहितका प्रतिनिधिहरु विजय डाँगी, राजेन्द्र भण्डारी, रुपनारायण भट्टराई, राजन तिम्सिना, विजय श्रेष्ठ, शान्ति सामुदायिक वनका कुलमणि गुरुङ रहनु भएको छ ।

 

पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा सम्पन्न नगर कार्यपालिका बैठकले पनि पथरी बजार क्षेत्रमा ५० मिटरको सडक कायम गर्नुपर्ने विषयलाई जोड दिएको छ ।

 

कार्यपालिका बैठक अघि वडा नं. १ को आयोजनामा सर्वदलीय बैठक गरी एसियन हाइवे अन्तर्गत पथरी क्षेत्रमा सडकको चौडाइ ५० मिटर कायम गर्नुपर्ने मागसहित एसियन हाइवे कार्यालयमा सर्वदलीय एवम् सर्वपक्षीय डेलिगेसन जाने निर्णय गरिएको वडा नम्बर १ का अध्यक्ष भीम राईले बैठकमा जानकारी गराउनुभयो । वडाले ३५ दिने सूचना जारी गरेर बजारको सडक क्षेत्रमा पर्ने घर टहरा हटाउन जानकारी गराउने र सडक आयोजनालाई पूर्वनिर्धारित योजना अनुसारनै ५० मिटरको सडक कायम गर्न ध्यानाकर्षण गराउने छलफलले निर्णय गरेको थियो ।

 

कार्यपालिका बैठकमा योजना तथा कार्यक्रम संशोधन, जग्गा वर्गीकरण, नगरको वधशाला र नाट्यशाला निर्माण साथै जिरीखिम्तीको सडकको नक्सा र सकडको अवस्थितिको समस्या, त्यहाँको डाँस खोला क्षेत्रमा टनेल पुल निर्माण सम्बन्धी विषयमा व्यापक छलफल गरिएको थियो ।

 

अघिल्लो बैठकले नगरपालिकाको नगरसभा माघ ११ गते गर्ने निर्णय गरेको भए पनि सोही दिन राष्ट्रिय सभाको निर्वाचन तय भएकाले नगरसभाको मिति परिवर्तन गरी माघ १४ गते गर्ने निर्णय गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।