कमलको मंगलमय मावी : ५४ औ वार्षिक उत्सबले दिएको उत्साह , स्विपर देखि अभिभावक सम्म एकै मन्चमा सम्मान

दमक, २८ पुस । सरसफाईकर्मी मिखन मल्लिक जब बिद्यालयले आयोजना गरेको भब्य कार्यक्रमको सज्जी सज्जावट मन्चमा चढ्नु भयो उहाको मन निकै भाबुक बनेको थियो ।

यो मन्चमा बिद्यालयले आमन्त्रण गरेका बरिस्ठ र बिशिस्ट ब्यक्तिहरु बसिरहनु भएको थियो । त्यही ठाउमा उहाँ उभिनु भयो । कार्यक्रमका प्रमुख अतिथि , जिल्ला समन्वय समिति झापाका प्रमुख बिस्वनाथ बराल, विशेष अतिथी कमल गाउपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, बिद्यालय व्यबस्थापन समितिका जेष्ठ सदस्य हरिलाल ताजपुरिया, गाउपालिका शिक्षा साखा प्रमुख सुर्य प्रसाद न्यौपाने सबैजना मल्लिककालागी आ आफ्नो ठाउबाट उठ्नु भयो । बिद्यालमा पढाइ र सृजनशिलताका काम जति महत्त्वपूर्ण हुन्छ उतीनै यसको सरसफाइ र यहाको सौन्दर्यता पनि महत्त्वपूर्ण हुन्छ ।

 

कोहिपनी आगन्तुक बिद्यालय पस्ने बित्तिकै विद्यालयको गरिमा त्यहाको सरसफाइ र सौन्दर्यले आकर्षण गर्छ । यो काम मल्लिकले ठिकठाक सगमात्र गर्नुभएन आफ्नो जिवनको उर्जाशिल समयपनी बिद्यालयलाई कसरी सुन्दर र सफा राख्नेमै ब्यतित गर्नु भयो । उहाको यो योगदान , कर्मप्रतिको निष्ठाकै कारण उहालाई बिद्यालयले सम्मान गर्यो ।
यतिमात्र नभएर असल अभिभावकको जिम्मेवारी के हो? जसले आफ्ना छोराछोरीको पढाइ सुधार्न मात्र हैन बिद्यालयकै पठन पाठनमा सुधार गर्न सुझाब दिन सक्छ, त्यसखालका अभिभावक राम बहादुर कार्की र अन्जु बस्नेतलाई समेत सम्मान गरियो ।

असल विद्यार्थीको कर्म र धर्म के हो? कसरी असल विद्यार्थी बन्न सकिन्छ भनेर हरेक विद्यार्थीलाई प्रोत्साहन गर्न उत्कृष्ट विद्यार्थी भन्दै बिद्यालयले कक्षा १२ को बिज्ञान संकायमा अध्ययनरत सजल घिमिरेलाई सम्मान गर्यो । ताकी घिमरेको पथ अन्य विद्यार्थीले समेत पछ्याउन सकुन भन्ने बिद्यालयले सोच राखेको छ ।
यसैगरी बिद्यालयको कक्षाकोठामा पस्दा शिक्षकको प्रस्तुति प्रभाबकारी बनाएमात्र विद्यार्थीको सिकाई उत्कृष्ट बन्छ र यस्तो काम सबै शिक्षकहरुले गर्नुपर्छ भन्ने उदाहरण दिन केही शिक्षकहरुलाई समेत सम्मान गरियो । सम्मानित हुनुहुनेहरुमा मिना कुमारी बास्कोटा, दिपेश भट्टराई ,कुमार कटुवाल , टिकादेवी सेन्दाङ, दुर्गादेवी बगाले, प्रतीक्षा गौतम र टंकमाया कार्कीलाई सम्मान गरियो ।

यति मात्र हैन बिद्यालयमा बिद्यार्थीहरु विभिन्न कला कौसल प्रदर्सन गर्न सक्ने छन भन्दै विद्यार्थीका प्रतिभा प्रस्फुटनका भव्य कार्यक्रम समेत गरियो । विद्यार्थीको मात्र नभेएर शिक्षणमा आवद्ध गुरुआमा गुरुबाहरुको विभिन्न प्रस्तुतिले माहोल अझ रोचक र रोमाञ्चक बनाएको थियो । यस्ता गतिविधिले विद्यार्थी र शिक्षकहरुमा मानसिक रुपमा स्फुर्ती आउने र अर्कोदिन देखि पढ्न र पढाउनमा ध्यान केन्द्रित हुन सक्ने बिद्यालयको अपेक्षा सहित यस्ता सास्कृतिक कार्यक्रम समेत गरिएको थियो ।
कार्यक्रमको बिचमा विद्यार्थीका प्रधानाध्यापक मोहन बगालेले बिद्यालयको हालसम्मको प्रगती र अबस्थाबारेको प्रतिवेदन पेष गर्दा त्यहा सबैले स्वागत सहित ताली बजाउदा बिद्यालयको शिक्षाको स्तर बढ्दो रहेछ भन्ने बिश्वास समेत बढेको थियो ।

 

अझ बिद्यालयको प्रगती, गतिविधि र यहाको सम्पुर्ण अबस्थाबारे निरन्तर जानकार ब्यक्ती कार्यक्रमको बिशिस्ट अतिथी हुनुभएको थियो । कमल गाउपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारिले मंगलमय माविले पछिल्लो समय गरेका शैक्षिक गतिविधि अन्य बिद्यालयले समेत अनुरसण गर्न योग्य रहेको भन्दै तारिफ गर्नु भयो ।

जिल्ला समन्वय समिती झापाका प्रमुख बिस्वनाथ बराल यस बिद्यालयको अधिकांश वार्षिक उत्सबमा सहभागी जनाउदै आउनु भएको छ । हरेक वर्ष आउदा बिद्यालयमा भएका सुधार देख्दा उहाले पनि बिद्यालय परिवारले गरेको मिहिनेतको प्रशंसा गर्नु भयो । यद्यपि बिद्यालयले विभिन्न आरोह अबरोह छिचोल्दै गरिरहेको शैक्षिक गतिविधिमा यहाका आवश्यकतालाई पूरा गर्न प्रदेश र संघ सरकसग आफुले समन्वय गर्ने र यहाका समस्या समाधानमा आफुसमेतले ध्यान दिने उहाले प्रतिबद्धता व्यक्त गर्नु भयो ।

 

आइतबार सम्पन्न भएको मंगलमय माबिको चोवन्न औ वार्षिक उत्सबको कार्यक्रमले बिद्यालयमा कस्तो शिक्षा पद्धति आवश्यक छ, अबको पुस्तालाई के चाहि रहेको छ? अब कसरी अघि बढ्न आवश्यक छ भन्ने बारेमा समेत सन्देश दिने प्रयास गरिएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।