पुस्तक, स्टेशनरी, खेलकुदका सामग्री उपहार, गुरूकुलमा सामुहिक भोजन

विर्तामोड, पुस २८ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको २० औँ स्थापना दिवस झापामा विविध सामाजिक तथा शैक्षिक कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ । सोमबार गोलोक गोवर्धन गौशालाको सभाहलमा आयोजित कार्यक्रममा संस्कृत शिक्षा र पठन संस्कृतिको प्रवद्र्धनलाई केन्द्रमा राख्दै उल्लेखनीय योगदान गरिएको महासंघ झापाले जनाएको छ । स्थापना दिवसको अवसरमा झापाको गोलोक गोवर्धन गौशालाका ३८ जना कर्मचारी तथा श्री सताक्षी गुरुकुलका ४५ जना विद्यार्थीलाई संस्कृतका पुस्तक, स्टेशनरी सामग्री र खेलकुदका सामग्री वितरण गरिएको थियो । यस किसिमको सहयोगले संस्कृत शिक्षा र अनुशासनयुक्त जीवनशैली प्रवद्र्धनमा टेवा पुग्ने आयोजकहरूको विश्वास छ । महासंघ झापाले यसअघि पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू गर्दै आएको छ ।

१८ औँ स्थापना दिवसमा झापा कारागारका बन्दीहरूको पठन संस्कृतिको विकासका लागि पुस्तक र खेलकुद सामग्री प्रदान गरिएको थियो भने १९ औँ स्थापना दिवसमा फरक क्षमता भएका विद्यार्थीहरूलाई खाद्यान्न सामग्री वितरण गरिएको थियो । निरन्तर सामाजिक सेवामा सक्रिय रहँदै आएको झापा शाखाको यो पहललाई महासंघको केन्द्रिय समितिले उच्च मूल्याङ्कन गर्दै आएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तथा केन्द्रका पदेन उपाध्यक्ष जीवन नेपालले झापा जिल्लाले पठन संस्कृतिको विकासका लागि रचनात्मक र प्रभावकारी काम गर्दै महासंघको गरिमा उच्च बनाएको बताए । उनले केन्द्र र प्रदेशस्तरबाट निरन्तर सम्मान पाउनु झापाको सक्रियता र प्रतिबद्धताको प्रमाण भएको उल्लेख गरे ।

 

‘झापा अन्य जिल्लाको तुलनामा संगठनको हितमा अग्रसर र उदाहरणीय रूपमा अघि बढिरहेको छ,’ उनले भने । केन्द्रीय सह–कोषाध्यक्ष रविन बरालले पुस्तक व्यवसायी केवल व्यापारमै सीमित नभई समाजप्रति उत्तरदायी बन्दै गएको बताए । उनले ज्ञान, शिक्षा र संस्कृतिको प्रवद्र्धनमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने अभियानमा महासंघ प्रतिबद्ध रहेको स्पष्ट पारे । कार्यक्रमका विशिष्ट अतिथि गोलोक गोवर्धन गौशालाका संरक्षक तथा अध्यक्ष नन्दकिशोर भारद्वाजले संस्कृत विधाका विद्यार्थीलाई जीवनोपयोगी पुस्तक प्रदान गर्नु पुस्तक व्यवसायीको अत्यन्त प्रशंसनीय कार्य भएको बताए । उनले हिन्दु सनातन धर्मको संरक्षण र प्रवद्र्धनमा पुस्तक व्यवसायीहरूको भूमिका अतुलनीय रहेको उल्लेख गरे । कार्यक्रम महासंघ झापाका अध्यक्ष विनोद सापकोटाको सभापतित्वमा तथा सचिव चन्द्रमणि घिमिरेको सहजीकरणमा सम्पन्न भएको थियो ।

 

कार्यक्रमले शिक्षा, संस्कार र सामाजिक उत्तरदायित्वलाई एकसाथ अघि बढाउने झापाको प्रयासलाई थप बलियो बनाएको कार्यक्रमका सहभागिले बताएका छन् । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापाकोे निरन्तर सामाजिक योगदानले जिल्लालाई मात्र होइन, समग्र पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघलाई पनि गौरव प्रदान गरिरहेको व्यवसायीले बताएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा