सामुदायिक विद्यालयका विद्यार्थीलाई हरेक दिन एक गिलास दूध

बाहुनडाँगी, २९ पुष । यी साना बालबालिका । अवोध छन् । सहि र गलत छुट्याएर निर्णय लिन सक्ने भएका छैनन । यी वालबालिकाहरुको परिवारको आम्दानीको श्रोत निश्चित छ । जसले बिहान बेलुकाको गर्जो टार्नमानै धौ धौ हुन्छ ।

यस्तो अवस्थामा यी बालबालिकाहरुले पर्याप्त पोषणका खानेकुरा खान पाउँदैनन । जसका कारण उनीहरुको बृद्धिविकास कमजोर हुन्छ । बिभिन्न प्रतिस्पर्धामा नजिजा हाँसील गर्न कठीन पर्छ । यही कुरालाई मद्यनजर गरेर झापाको मेचिनगर नगरनगरापलिका वार्ड ४ मा भने एउटा गज्जवको अभियान चलेको छ । यहाँ यस्ता बालबालिकाहरुले हरेक दिन एक गीलास तातो दुध पिउन पाउँछन् । तर यो दुध खान भने विद्यालय जानै पर्छ ।

विद्यालयमा गएर पढ्ने विद्यार्थीलाई दिनको एक एक गीलास दुध विद्यालयमै खुवाउने व्यवस्था मिलाइएको छ । यसबाट लक्षीत वर्गका विद्यार्थीको विद्यालय निरन्तर्ता त भएको छ नै नियमीत दुध खान पाएका कारण विद्यार्थीको शारिरिक रुपमा पनि परिवर्तन आएको छ ।

 

बाहुँनगाँडीमा रहेको पशुपति माद्यमीक विद्यालयमा प्राथमीक तहमा अध्यापन गराउँदै आउनु भएकी शिक्षिका पुनमाया सुब्बा विद्यालयमै दुध खुवाउने कार्यक्रम वार्डले चलाइदिएको बताउनु हुन्छ । यसबाट विद्यार्थीहरुमा सकरात्मक परिवर्तन आएको र दुध खुवाउने कार्यक्रम पनि निरन्तर होस भन्ने चाहनु हुन्छ ।

 

सामुदायीक विद्यालयको शिक्षा सुधार गर्न धेरै कुराको आवश्यक अझै छ । तर यस्ता स –साना कार्यक्रमले पनि समुदाय र विद्यार्थीको जीवनमै गहिरो प्रभाव पारीरहेको हुन्छ । त्यसैले त पछिल्लो समय सामुदायीक विद्यालयका विद्यार्थीहरु पनि सकरात्मक सोच बनाउँदै आफुलाई हरेक प्रतिस्पर्धामा अव्वल सावित गरिरहेका छन् । कुनै बेला छिमेकका साथीभाई निजी विद्यालय जाने र आफु चाहि सामुदायीक विद्यालयजानुपर्दा विद्यार्थीमा अफसोचको भावना पैदा हुने गरेको थियो । तर अहिले निजी छोडेर सामुदायीक नै पढ्न पाएकोमा गौरव महसुस तीनै विद्यार्थीले गर्न थालेका छन् ।

 

अधिकांशस सामुदायीक विद्यालयका प्रधानाध्यापक हाम्रो विद्यालयमा यो छैन, त्यो छैन । यसको अभाव भयो । हामीलाई कार्यक्रम चाहियो । बजेट हालीदिन पर्यो भन्नेहरु मात्रै भेटिनु हुन्छ । तर आफुसग भएका श्रोत साधन, आफ्नो कार्यशैलीमा सृजनशिलता बनाउने र कक्षा कोठालाई अझ सानदार बनाएर पठन पाठन गराउने विद्यालयहरु कमै भेटिन्छन । तर बाहुनडाँगीका विद्यालयका प्रधानाध्यापकहरु अभाव त झेलीरहनु भएको नै छ । तर त्यहि अभावभीत्र पनि सम्भाना र अवसर देख्नु हुन्छ अनी विद्यालयको पठन पाठनलाई सृजनशील बनाउन उद्धत हुनुहुन्छ ।

 

विद्यालयका आवश्यकता मात्रै हैन, विद्यार्थीका समस्या, तीनका आवश्यकता, अभिभावकका अपेक्षालाई थोरै भएपनि सरकारी निकायबाट भरथेक भयो भने त्यसले परिणाममा परिवर्तन ल्याउन सक्छ । स्थानीय सरकरको तल्लो तहको वार्ड कार्यालयले केहि लाख बजेट छुट्याएरै र बजेटले नपुगे अन्यसगको समन्वयमा पनि आफ्नो क्षेत्रका सामुदायीक विद्यालयमा जोडीदिने हो भने परिवर्तन ल्याउन सकिने अनुभव सुनाउनु हुन्छ मेचिनगर नगरपालिका वार्ड ४ का वार्ड सदस्य गीता लुङ्गेली मगरको छ ।

 

सामुदायीक विद्यालयको शिक्षामा सुधार गर्न नारा हैन, व्यवहारीक संकल्प चाहिन्छ । सकरात्मक सुधारकालागी प्रतिवद्धता चाहिन्छ । बजेट र श्रोत साधनन मात्रै सबथोक हैन । भएका र उपलब्ध अवसरलाई सदुपयोग गर्दै अघी बढ्ने हो भने सामुदीयक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन सकिन्छ भन्ने उदाहरण झापाको मेचिनगर नगरपालिका वार्ड ४ बाहुनडाँगीमा पाउन सकिन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।