काठमाडौं,२९ पुस । निर्वाचन समितिले पुरानै विधानअनुसार सिंगो कार्यसमितिको निर्वाचन गर्ने तयारी गरेको छ । उम्मेदवारी दर्ताका लागि आवश्यक फाइलहरू तयारी अवस्थामा राखिएको निर्वाचन समितिले बताएको छ ।
सोमबार सम्पन्न बन्द सत्रमा महामन्त्री विश्वप्रकाश शर्माले विधान संशोधनको प्रस्ताव पेस गर्नु भएको थियो । तर उक्त प्रस्ताव बन्द सत्रबाट पारित नभएकाले पुरानै विधानअनुसार निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरिएको निर्वाचन समितिले बताएको छ ।
पुरानै विधानअनुसार १३३ सदस्यीय कार्यसमिति निर्वाचित हुने छन् । सभापतिले ३३ जना सदस्य मनोनयन गर्न पाउने व्यवस्था रहेको छ । त्यस्तै सभापतिका निकटतम प्रतिद्वन्द्वी स्वतः केन्द्रीय सदस्य हुने प्रावधान रहेको छ ।









