कांग्रेस विशेष महाधिवेशन स्थलमा सुरक्षा व्यवस्था कडा

काठमाडौँ,२९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आजै राति ९ बजेदेखि मतदान हुने भएपछि महाधिवेशन स्थल भृकुटीमण्डपमा सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ ।

निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै भृकुटीमण्डप क्षेत्रमा सुरक्षाकर्मीको संख्या बढाइएको छ। सम्भावित अवाञ्छित गतिविधि रोक्न सुरक्षाकर्मी परिचालन गर्दै प्रवेश तथा आवतजावतमा निगरानी कडा बनाइएको बताइएको छ ।

निर्वाचन समितिले मतदाता नामावली प्रकाशन, मतदान, मतगणना तथा मतपरिणाम घोषणासम्मको कार्यतालिका सार्वजनिक गरेको छ । समितिका अनुसार सभापति पदका लागि उम्मेदवारी दर्ता गर्न ३० हजार रुपैयाँ शुल्क तोकिएको छ । उपसभापति र महामन्त्री पदका लागि २५ हजार तथा सहमहामन्त्री पदका लागि २० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको जनाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ