पथरी क्षेत्रमा ६ लेनकै सडक निर्माणको माग

पथरी, २९ पुस। उत्तरपूर्वी मोरङको पथरी शनिश्चरे नगरपालिकास्थित पथरी बजार क्षेत्रमा चारलेन मात्रको सडक बन्ने प्रसंग अघि बढेपछि स्थानीयले ६ लेनकै सडक बन्नुपर्ने माग अघि सारेका छन् ।

सडकको ८२ मिटर क्षेत्रमा पर्ने संरचना हटाउनका लागि १ नम्बर वडा कार्यालयले ३५ दिने सूचना जारी गर्ने र एशियन हाइवे परियोजनालाई ५० मिटर अर्थात ६ लेनकै सडक निर्माणमा ध्यानाकर्षण गराइने सर्वपक्षीय भेलाले निर्णय गरेको छ । वडाअध्यक्ष भीमकुमार राईको अध्यक्षताको दल तथा विभिन्न सरोकारवालाहरुको भेला सम्पन्न भएको छ । भेलाले सर्वपक्षीय १३ सदस्यीय समितिले गत भदौमा कार्यालयसँग भएको सहमति अनुरुप सडक परियोजनाको कार्यालय इटहरीमा ध्यानाकर्षण गराउने निर्णय भएको समितिका संयोजक एवम् वडाअध्यक्ष राईले जनाउनु भयो ।

 

समितिका सदस्यहरुमा पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत, एमालेकातर्फबाट पूर्व वडाध्यक्ष बाबुराम एङ्देन, वडा सदस्य पूर्णबहादुर कार्की, कांग्रेसका दुर्गाप्रसाद भट्टराई, नेकपाका तुलसी ढकाल, रास्वपाका मोहनकुमार श्रेष्ठ, प्रभावित क्षेत्रसहितका प्रतिनिधिहरु विजय डाँगी, राजेन्द्र भण्डारी, रुपनारायण भट्टराई, राजन तिम्सिना, विजय श्रेष्ठ, शान्ति सामुदायिक वनका कुलमणि गुरुङ रहनु भएको छ ।

 

नगरपालिकाको कार्यपालिका बैठकमा वडाअध्यक्ष राईले ५० मिटर चौडाईको सडक निर्माणमा ध्यानाकर्षण गराउन समिति बनेको कुराको जानकारी गराउनुभएको थियो । कार्यपालिका बैठकले पनि सो विषयमा सडक कार्यालयलाई ध्यानाकर्षण गराउने तथा जिरीखिम्तीको सडकको नक्सा र सडकको अवस्थितिको समस्या, त्यहाँको डाँस खोला क्षेत्रमा टनेल पुल निर्माण सम्बन्धी विषयमा व्यापक छलफल गरेको थियो ।
बैठकले योजना तथा कार्यक्रम संशोधन, जग्गा वर्गीकरण, नगरको वधशाला र नाट्यशाला निर्माणका सन्दर्भमा छलफल गरेको छ ।

 

अघिल्लो बैठकले नगरपालिकाको नगरसभा माघ ११ गते गर्ने निर्णय गरेको भए पनि सोही दिन राष्ट्रिय सभाको निर्वाचन तय भएकाले नगरसभाको मिति परिवर्तन गरी माघ १४ गते गर्ने निर्णय गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ