झापा ५ मा कुलमान घिसिङको समर्थनमा सविन राईको उम्मेद्धवारी घोषणा

पुराना शक्ति र नयाँ पुस्ताबीचको मात्र होइन, वैकल्पिक र परिवर्तनकारी एजेन्डाको पनि चुनावी मैदान बनाउने दाबी

दमक, २९ पुष । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाबाट उम्मेद्वारी दिने चर्चामा रहेका बालेन्द्र शाहको सम्भावित भिडन्तले राष्ट्रिय राजनीतिमा तातेको झापा क्षेत्र नम्बर–५ मा अब नयाँ परिवर्तनकारी शक्ति पनि मैदानमा उत्रिएको छ।

 

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय परिवर्तन पार्टीले यही क्षेत्रबाट आफ्नो उम्मेद्वार सार्वजनिक गरेको हो।

पार्टीको तर्फबाट सविन चाम्लिङ राई उम्मेद्वार बन्ने घोषणा बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमार्फत गरिएको हो।

कमल गाउँपालिका निवासी तथा पेशाले फोटो पत्रकार रहेका राईले झापा–५ लाई अब पुराना शक्ति र नयाँ पुस्ताबीचको मात्र होइन, वैकल्पिक र परिवर्तनकारी एजेन्डाको पनि चुनावी मैदान बनाउने दाबी गर्नुभयो ।

 

पार्टी अध्यक्ष राजेश पोर्तेलको नेतृत्वमा अघि बढेको राष्ट्रिय परिवर्तन पार्टीले उज्यालो नेपाल पार्टीसँग सहकार्य गरेर यो पार्टिले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली, भ्रष्टाचार शून्य शासन व्यवस्था जस्ता एजेन्डालाई मुख्य चुनावी मुद्दा बनाएको जनाएको छ।

 

कार्यक्रममा पार्टीका समानुपातिक उम्मेद्वार तथा शहीद–घाइते तर्फका संयोजक प्रकाश भट्टराईले राष्ट्रिय परिवर्तन पार्टीलाई जेन–जी, शहीद र घाइतेको साझा आवाजको रूपमा प्रस्तुत गर्नुभयो ।

 

त्यस्तै, नेतृ अञ्जना राईले देशभित्रै रोजगारी सिर्जना गर्दै विदेश पलायन रोक्ने नीति पार्टीको प्राथमिकता रहेको पत्रकार सम्मेलनका क्रममा बताउनु भयो ।

 

ठूला र चर्चित अनुहारहरूको सम्भावित प्रतिस्पर्धाबीच राष्ट्रिय परिवर्तन पार्टीले बाँसुरी चुनाव चिन्हसहित “सबैको अपनत्व हुने राजनीति” का साथ चुनावी मैदानमा उत्रिएको जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।