झापा नाटकघरलाई राष्ट्रिय सांस्कृतिक सम्पदाका रूपमा स्थापित गर्ने लक्ष्य

झापा, ३० पुष । झापाको बिर्तामोड–१ मा निर्माणाधीन बहुजातीय सांस्कृतिक संग्रहालयसहितको झापा नाटकघर निर्माणका परिकल्पनाकार माधब ‘कल्पित’को नेतृत्वमा रहेको क्षितिज नाट्य प्रतिष्ठान झापाको

स्थानीय जनसहभागिता, श्रम र साना सहयोगबाट निर्माण भइरहेको झापा नाटकघरलाई राष्ट्रिय सांस्कृतिक सम्पदाका रूपमा स्थापित गर्न आवश्यक बजेट, संरचनागत सहयोग र दीर्घकालीन संरक्षणको माग गर्दै नाटकघरको टोली संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हुँदै अर्थ मन्त्रालय पुगेका हुन्।
ज्ञापनपत्रमा झापा नाटकघर केवल नाटक मञ्चनको स्थल मात्र नभई बहुजाति, बहुभाषिक र बहुसांस्कृतिक पहिचान बोकेको साझा सांस्कृतिक केन्द्रका रूपमा विकास गर्ने स्पष्ट लक्ष्य रहेको उल्लेख गरिएको छ। कला, साहित्य र रंगमञ्चको संरक्षण बिना समाजको चेतना, राष्ट्रिय एकता र सांस्कृतिक पहिचान कमजोर हुने अभियन्ताहरूले चेतावनीसमेत दिएका छन्।

 

टोलीमा क्षितिज नाट्य प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष तथा झापा नाटकघरका निर्माण परिकल्पनाकार माधब ‘कल्पित’, नाट्य समूहकी उपाध्यक्ष तथा रंगकर्मी सुजना खतिवडा, अन्तर्राष्ट्रिय कलाकार संघका सदस्य राजु श्रेष्ठ, अनिता पौड्याल, पुष्पराज भण्डारी तथा नाटकघरका सल्लाहकार एवं जग्गादाता कुमार पौड्याल सहभागी हुनुन्थ्यो ।

केन्द्रीय अध्यक्ष कल्पितका अनुसार करिब सात वर्षअघि सडकमा ‘एक थान इटा’ माग्दै सुरु गरिएको अभियानबाट सम्भवतः कोशी प्रदेशकै पहिलो नाट्य संग्रहालय निर्माणको आधार स्थानीय श्रोत साधनबाट तय भएको छ। हालसम्म करिब ३ करोड ५० लाख रुपैयाँ लागतमा नाटकघरको संरचना निर्माण गर्न प्रतिष्ठान सफल भयो भने १ धुर भूमिदानमार्फत १ सय ४५ धुर जग्गा नाट्य समूहको नाममा सुरक्षित भइसकेको छ।

कोशी प्रदेशकै सबैभन्दा ठूलो बहुजाति,बहुभाषिक तथा बहुसांस्कृतिक संग्रहालय निर्माण गर्ने लक्ष्यसहित करिब २५ करोड रुपैयाँ लागतको दीर्घकालीन प्रस्तावना अर्थमन्त्रीसमक्ष पेश गरिएको अध्यक्ष कल्पितले जानकारी दिनु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।