काठमाडौँ,३० पुस । नेपाली कांग्रेसका नेता महेश आचार्य उपसभापति पदको उम्मेदवार बन्नु भएको छ । कांग्रेसको राजधानीको भृकुटीमण्डपस्थित विशेष महाधिवेशन हलमा जारी निर्वाचन प्रक्रिया चलिरहँदा आचार्यले उपसभापति पदमा मनोनयन दर्ता गराउनु भएको थियो ।
उहाँ यसअघि भएको १४ औँ महाधिवेशनमा सोही पदमा पराजित हुनु भएको थियो ।









