काठमाडौँ,३० पुस । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सानेपामा सुरु भएको छ । कांग्रेसको विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयनका लागि अन्तिम होमवर्क गरिरहेका बेला संस्थापन समूहको आह्वानमा बैठक सुरु भएको छ।
नेताहरूले विशेष महाधिवेशन पक्षधरलाई बैठकबाट कारबाही गर्नेसम्मको तयारी भएको बताइएको छ। यस्तो स्थितिमा सानेपा बैठकले गर्ने निर्णयलाई महत्वका साथ हेरिएको जनाइएको छ ।

दमक शहर र विकास योजन
पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।








