बिर्तामोडमा सुपर सिक्स क्रिकेट हुने

बिर्तामोड, माघ १ । झापाको बिर्तामोडमा सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने भएको छ । डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिता दुई दिने हुनेछ । आयोजक झापा क्रिकेट क्लबका अध्यक्ष माधवकुमार झाका अनुसार प्रतियोगिता माघ ३ र ४ गते हुनेछ भने मिसन झापाले सञ्चालन गर्नेछ । प्रतियोगितामा १० देखि १५ वटा टिमको सहभागिता रहने क्लबका सचिव सुरज खड्काले जानकारी दिनु भयो । सहभागी टिमको टुंगो माघ ३ गते बिहान मात्र लाग्ने बताइएको छ ।
प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले नगद ३५ हजार, ट्रफी र मेडल पाउनेछ । त्यस्तै, उत्कृष्ट ब्याट्म्यान, उत्कृष्ट बलर र उत्कृष्ट विकेटकिपरले नगद पाँच हजार रुपैयाँ, ट्रफी र मेडल पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद १० हजार, ट्रफी र मेडल प्रदान गरिने अध्यक्ष झाले बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको