झापा–५ बाट हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृती पार्टीको उम्मेदवारी घोषणा

दमक, २ माघ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृती पार्टीले झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेको छ। पार्टीले समिर तामाङलाई उम्मेदवार बनाउने निर्णय सार्वजनिक गरेको हो। श्रम संस्कृती पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेदवार सार्वजनिक गर्दै मतदातासँग अपिल गर्नुभएको छ।

उहाँले अञ्जुलीमा रहेको माटो चुनाव चिन्हमा अत्याधिक मत दिई बहुमतका साथ जिताइदिन झापा–५ का आमा, बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई बिनम्र अनुरोध गर्नुभएको छ। साम्पाङले आफ्नो सन्देशको अन्त्यमा “जय माटो, जय देश” भन्ने नारा पनि उल्लेख गर्नुभएको छ। आगामी प्रतिनिधि सभाको निर्वाचन २१ फागुनमा हुँदैछ। झापा–५ लाई लामो समयदेखि एमालेको पकड रहेको क्षेत्रका रूपमा हेरिँदै आएको छ। यस क्षेत्रबाट एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निरन्तर फराकिलो मतान्तरसहित निर्वाचन जित्दै आउनुभएको छ। यसैबीच, झापा–५ मा चुनावी माहोल थप चासोपूर्ण बन्दै गएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट युवामाझ लोकप्रिय देखिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पनि यहाँबाट निर्वाचन लड्न सक्ने सम्भावनाबारे चर्चा भइरहेको छ। नयाँ र पुराना राजनीतिक शक्तिहरूको सम्भावित प्रतिस्पर्धाका कारण झापा–५ को चुनाव यसपटक अझै रोचक हुने देखिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।