घटनाबारे अनुसन्धान जारी

सुधार गृहबाट भागेका  युवक मृत भेटिए

 

 

 

 

मोरङ — विराटनगर २ स्थित सुधार गृह ‘स्पर्श नेपाल’बाट मंगलबार भागेका चार जनामध्ये एक युवक बुधबार सिंघीया खोलामा मृत फेला परेका छन् । सुनसरी गढी गाउँपालिका २ घर भइ धरान बस्दै आएका २६ वर्षीय दिलेन्द्र परियार मृत अवस्थामा फेला परेका हुन् । उनीसँगै भागेका विराटनगरका रोहित कामत र दिनेश बस्नेत परिवारको सम्पर्कमा पुगेको जिल्ला प्रहरी मोरङका प्रमुख जनार्दन जीसीले बताए ।

उनीहरुमध्ये धरानका निशान धमलालाई प्रहरी र सुधार केन्द्रका सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । सुधार गृहबाट भागेका उनीहरु सिंघीया खोला तर्ने क्रममा परियार खोलामा हामफालेर बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा बुधबार उनी मृत फेला परेको प्रहरीले जनाएको छ ।

लागूऔषध दुर्व्यसनमा लागेका चारै जनालाई परिवारजनले सुधारका लागि महिना दिनअघि सुधार केन्द्रमा राखेका थिए । मृतक परियारका बुबा दिलीपकुमार परियारले सुधार केन्द्रको लापरबाहीका कारण छोराको मृत्यु भएको आरोप लगाएका छन् । ‘छोरालाई फागुन १ गतेदेखि मासिक ५० हजार शुल्क बझाउने गरी सुधार गृहमा राखेका थियौं,’ उनले भने, ‘सुधारका लागि राखेको व्यक्ति भागेर मृत्यु भएको भन्नु सुधार गृहको लापरबाही हो । त्यसैले सुधार गृहका संचालकलाई कारबाही हुनुपर्छ ।’

भागेको समयमा जानकारी नगराउने सुधार गृहका सञ्चालकलाई कारबाहीको दायरामा ल्याएर न्याय प्रदान गरिनुपर्ने दिलीपको माग छ । सुधार केन्द्र रेखदेखमा खटिएका व्यक्तिहरुको पनि लापरबाही रहेको उनको आरोप छ ।

सुधार गृह सञ्चालकलाई कारबाहीको दायरामा नल्याएसम्म शव नबुझ्ने परिवारजनको अडानमा छ । प्रहरीले शव पोस्टमार्टमका लागि कोसी अस्पताल लगेको छ ।

सुधारगृह सञ्चालक सञ्जीव खड्काले सरसफाई भइरहेको समयमा झुक्याएर चारै जना फरार भएकाले सुधार गृहको लापरबाही भन्न नमिल्ने दाबी गरे । उनीहरु फरार भएपछि लखेटेर एक जनालाई समात्न सफल भएको अवस्थामा पनि लापरबाही भन्न नमिल्ने उनको भनाइ थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक जीसीले बताए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जेनजी शहीद स्मृति दिवसः पुरानो संसद् भवन परिसरमा भावुक दृश्य, दीप प्रज्वलन र माल्यार्पण

काठमाडौं , भदौ २३ । जेनजी शहीदहरूको सम्झनमामा आज देशभर स्मृति दिवस मनाइँदै छ ।यसै क्रममा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेनजी शहीद कल्याणकारी

दमकमा इन्टर स्कुल प्रिन्स एन्ड प्रिन्सेस मोडल आइकनको ग्राण्ड फिनाले सम्पन्न

प्रतियोगिताको निर्णायकमा मिस नेपाल कोस्मो दिपशिखा नेपाल, मिष्टर नेपाल प्रकाश चौहान, विवश राई र मनिला ढकाल रहेका थिए ।

रसुवा बाढीपीडितका लागि नाइमाको ५० लाख सहयोग, अर्थमन्त्रीलाई रकम हस्तान्तरण

काठमाडौं , भदौ २३। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि ५० लाख रुपैयाँ

इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गरौं : सुशीला कार्की

काठमान्डौ,२३ भदौ ।पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन दिन नसके दुई तिहाइ बहुमतको सरकार पनि स्थिर रहँदैन भन्ने सन्देश जेनजी आन्दोलनले दिएको बताउनु भएको छ। आज मंगलबार

अवरुद्ध सडक सञ्चालन र जोखिमयुक्त क्षेत्रमा निगरानी तीव्र

एजेन्सी,२३ भदौ । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पहिरोबाट प्रभावित केरुङ बन्दरगाहको मुख्य प्रभावित क्षेत्रमा पुग्ने एक मात्र स्थलमार्गमा यातायात सुरक्षित बनाउने प्रयास जारी राखिएको

साइकलको सिटमुनि लुकाएर ल्याएको ब्राउनसुगर सहित कन्काईबाट एक युवक पक्राउ

झापा, भदौ २३ । साइकलको सिटमुनि लागूऔषध लुकाएर ल्याउँदै गर्दा कन्काई नगरपालिकामा एकजना युवक पक्राउ परेका छन् ।हिजो सोमबार साँझ ६ः१५ बजे कन्काई नगरपालिका वडा