साहित्य कला सङ्गमको ५८औँ शृङ्खला सम्पन्न

दमक,३ माघ । साहित्य कला सङ्गम दमकले आज आफ्नो ५८ औँ मासिक शृङ्खला संस्थाका अध्यक्ष श्री बिन्दु दहाल मूकदर्शकको अध्यक्षता एवम् सिक्किमका आदरणीय व्यक्तितत्व राजनचन्द्र शिवाकोटीको प्रमुख आतिथ्यमा भव्यरूपमा सुसम्पन्न भयो । उक्त अवसरमा साहित्यकला सङ्गमका सल्लाहकार तथा दमक प्रज्ञा प्रतिष्ठानका पूर्व अध्यक्ष हेमनाथ अधिकारी , सङ्गमका पूर्व अध्यक्ष तथा सल्लाहकार विष्णु न्यौपाने , प्रतिभा निकेतनका वर्तमान अध्यक्ष कमलराज भट्टराई , संस्थापक अध्यक्ष खेमलाल पोख्रेल , DPL का पूर्व अध्यक्ष दधिराम ढकाल , DPLकमलका पूर्व अध्यक्ष राजन चापागाईं , साहित्यकार नारायण शर्मा फुयाल , पदम ओली , देवु चापागाईं , लीलान्श भण्डारी , सङ्गमका उपाध्यक्ष त्रय यादव अधिकारी झाँक्रीखोले , दुर्गा काफ्ले , चन्द्रा गड्तौला ,महासचिव ओमप्रसाद खनाल ,सचिब बीरेन्द्र खड्का , सह सचिव मेघबन्धु खनाल , कोषाध्यक्ष नेत्र अधिकारी , सदस्य विवेक दुलाल क्षेत्री , रामकुमार उपाध्याय , ज्ञाननाथ निरौला ,साहित्यकार जीवनहरि शर्मा , गोपाल प्र दहाल , ज्ञानेन्द्र खड्का , किशोर खनाल , अम्बिका सापकोटा , उमा सुवेदी , यादव नेपाल , डिजायर नेपाल , ड्युसफ्ट नेपाल , त्रिलोचन रेग्मी , शान्त भट्टराई , खड्गबहादुर खड्का ,भक्ता दहाल , नेत्र दहाल , शिभानी चापागाई , प्रीति चापागाईंले कविता वाचन गर्नुभएको थियो । प्रमुख अतिथिले पूर्वीय दर्शनशास्त्रका कुराहरू प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष यादव अधिकारी झाँक्रीखोलेले गर्नुभएको थियो भने सञ्चालन संस्थाका महासचिव ओमप्रसाद खनालले गर्नुभएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।