एमालेले झापा ३ मा किन राख्यो खाली

राप्रपाले भने झापा ५ बाट लक्ष्मी संग्रौलालाई उम्मेदवार बनाउने निर्णय गरीसकेको छ

दमक, ४ माघ । नेकपा एमालेले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि अधिकांश क्षेत्रमा उम्मेदवारहरुको नाम टुंगो लगाएको भएपनि झापाको क्षेत्र नं ३ भने खाली छ । ५ वटा निर्वाचन क्षेत्र रहेको झापामा अन्य चारवटै क्षेत्रकालागी उम्मेदवारी तोकीदा ३ मा भने खाली राखीएको छ ।

त्यहाँबाट सिफारिस गरिएका उम्मेदवार दिपक कार्कीले टिकट लिन अस्वीकार गरेका बताइएको छ । अर्का सम्भावित बसन्त बाँनियालाई टिकट दिन पार्टिले होल्ड गरेको छ ।

होल्ड राखीएका ठाउँमा पार्टि अध्यक्ष ओलीले एकल निर्णय गर्ने अधिकार सहित सचिवालययबाट टुङ्गो लगाइएको छ । अव यसमा अध्यक्ष ओलीले एमालेबाटै उम्मेदवार तोक्नु हुन्छ वा राप्रपासग तालमेल गर्नु हुन्छ त्यो भने आज र भोली बेलुका सम्म टुङ्गो लाग्ने छ । किनकी ६ गते उम्मेदवारी मनोनय दर्ता गर्ने समयसिमा रहेकोले उम्मेदवारी भोली सम्ममा टुङ्गो लगाइसक्नु पर्ने हुन्छ ।

यस अघीका दुई निर्वाचनमा यस क्षेत्रकालागी एमालेले राप्रपासग चुनावी तालमेल गरेको थियो । यो क्षेत्र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनलाई एमालेले सघाउँदै आएको छ र ओलीको निर्वाचन क्षेत्र झापा ५ मा राप्रपाले सघाउने गरीको तालमेल हुँदै आएको छ । अहिले पनि एमालेले सो क्षेत्र खाली राख्दा राप्रपासगको तालमेल गर्नकालागी राखीएको हो कि भन्ने धेरैले लख काटेका छन् ।

तर राप्रपाले भने झापा ५ बाट लक्ष्मी संग्रौलालाई उम्मेदवार बनाउने निर्णय गरीसकेको छ । अव राप्रपाले संग्रौलालाई ब्याक गराएर ओलीलाई समर्थन गर्दै झापाको तीन नं क्षेत्रमा लिङदेलनले आफुलाई एमालेको साथ आउन रोज्नु होला कि नरोज्नु होला भन्ने कुरा चाहि मुख्य प्रश्न उब्जीएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।