नौमती बाजा समूहले देउसीबाट बचायो १ लाख ६८ हजार

नौमति बाजा बजाएर खेलेको देउसी भैली कार्यक्रमको हिसाब सार्वजनिक

पथरी शनिश्चरे, ४ माघ / मौलिक संस्कृति संरक्षणमा जुटेको मोरङको पथरी शनिश्चरे वडा नम्बर ३ मा रहेको पाभीभरा नौमती बाजा समूहले देउसी – भैलो कार्यक्रमबाट १ लाख ६८ हजार बढी रकम बचत गरेको छ ।

स्थानीय जलेश्वर शिवालय मन्दिरमा नौमती बाजा समूह र नौमती बाजा संरक्षण समितिद्वारा एक कार्यक्रमको आयोजना गर्दै आय व्यय सार्वजनिक गर्दै सो विवरण प्रस्तुत गरेको हो ।

 

समूहका सचिव दीपक ढुङ्गानाले नौमति बाजा बजाएर खेलेको देउसी भैलोबाट २ लाख ६८ हजार १ सय २६ रूपैयाँ बराबरको कुल आम्दानी र खर्च कटाएर १ लाख ६८ हजार १ सय २७ रूपैयाँ बचत भएको जानकारी गराउनु भयो । पाथीभरा नौमती बाजा समूहकी अध्यक्ष तेजमाया कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संरक्षण समिति संयोजक युवराज बास्कोटाले जेनतेन संस्था रोपिएकोले यो संस्थालाई अझै फलाउने र फुलाउने जिम्मेवारी समितिमा रहेका मानिसहरूको प्रमुख भूमिका रहने उल्लेख गर्नुभयो । पथरी शनिश्चरे क्षेत्रमा सामाजिक संस्कृतिको विकास गर्दै उहाँले मादल, ढोलक, च्याब्रुङ, डम्फु, जस्तै नौमती बाजालाई संरक्षण गर्न पनि सबैले खट्नु पर्ने कुरामा जोड दिनुभयो ।

 

सो अवसरमा संरक्षण समितिका सचिव घनश्याम भट्टराई, सदस्य राजकुमार गेलाल, घनश्याम अधिकारी, लगायतले आआफ्ना विचार व्यक्त गर्नुभयो । पाथीभरा नौमती बाजा समूहलाई जीवन्त तुल्याउनका लागि विधान संशोधन कार्यदल समिति निर्माण गर्ने र पुरानो समितिलाई विगठन गर्ने पनि छलफल भएको थियो ।

 

नयाँ विधान संशोधन कार्यदल समितिमा निम्न सदस्य रहनुभएको छ । तेजमाया कार्कीको संयोजकत्वमा राजकुमार गेलाल, घनश्याम भट्टराई, मुक्ति अधिकारी र इन्द्र गौतम सदस्य चयन हुनुभएको छ । सो समितिका सदस्य सबै आजीवन समदस्य समेत रहनु भएको छ । सो अवसरमा समितिका क्रियाशील सदस्यहरूलाई रुद्राक्ष माला, खाँदा र अविरले सम्मानित गरिएको थियो । १ हजार ५ रूपैयाँ सहयोग दान गर्नुहुने महानुभावहरूलाई आजीवन सदस्य र ५ सय रुपैयाँ माथि सहयोग दिनुहुने दाताहरूलाई संस्थाको सदस्यता प्रदान गर्ने सो समितिका सचिव दीपक ढुंगानाले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।