घटनाको अनुसन्धान

वृद्धाको हत्या आरोपमा युवक पक्राउ

 

 

झापा । झापाको मेचीनगर नगरपालिका-५ मा एक वृद्धाको हत्या भएको छ । बुधबार साँझ घाँस काट्न गएकी स्थानीय ६८ वर्षकी अम्बिका कुँवरको हत्या भएको हो । साँझसम्म घर नआएपछि खोज्न जाँदा उनको श्रीमानले घरदेखि २०० मिटर पर शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी बसन्त पाठकका हत्या आरोपमा मेचीनगर नगरपालिका- ५ का २७ वर्षका रणबहादुर बस्नेत पक्राउ परेका छन् । उनीहरुबीच पारिवारिक विवाद रहेको र त्यही विषयलाई लिएर हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए ।

घटनाको अनुसन्धानका लागि प्रहरीले संघीय इकाइ धरानबाट दुईवटा कुकुर ल्याएको थियो । कुकुरकै सहयोगमा युवकलाई पक्राउ गरेको डीएसपी पाठकले बताए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो