घटनाको अनुसन्धान

वृद्धाको हत्या आरोपमा युवक पक्राउ

 

 

झापा । झापाको मेचीनगर नगरपालिका-५ मा एक वृद्धाको हत्या भएको छ । बुधबार साँझ घाँस काट्न गएकी स्थानीय ६८ वर्षकी अम्बिका कुँवरको हत्या भएको हो । साँझसम्म घर नआएपछि खोज्न जाँदा उनको श्रीमानले घरदेखि २०० मिटर पर शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी बसन्त पाठकका हत्या आरोपमा मेचीनगर नगरपालिका- ५ का २७ वर्षका रणबहादुर बस्नेत पक्राउ परेका छन् । उनीहरुबीच पारिवारिक विवाद रहेको र त्यही विषयलाई लिएर हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए ।

घटनाको अनुसन्धानका लागि प्रहरीले संघीय इकाइ धरानबाट दुईवटा कुकुर ल्याएको थियो । कुकुरकै सहयोगमा युवकलाई पक्राउ गरेको डीएसपी पाठकले बताए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा गुडिरहेको बुलेट मोटरसाइकलमा आगलागी, चालक सकुशल

दमक,१ वैशाख । मिति २०८३ साल वैशाख १ गते दिउँसो १२ः४५ बजे दमक नगरपालिका–८ स्थित पूर्व–पश्चिम लोकमार्गमा गुडिरहेको मोटरसाइकलमा अचानक आगलागी भएको छ। प्रहरीका अनुसार

घुम्ने होइन त बाजुराका उत्कृष्ट पर्यटकीय गन्तव्यहरु ?

बाजुरा,१ वैशाख । नयाँ बर्ष २०८३ प्रारम्भ भएको छ । नयाँ उत्साह र उमंगका साथ नयाँ बर्ष मनाइँदैछ । नयाँ बर्षका अवसरमा भेटघाट र घुमघाम

नयाँ वर्षमा पूर्व प्रधानमन्त्री कार्कीको शुभकामना

काठमाडौं,१ वैशाख। निवर्तमान प्रधानमन्त्री शुसीला कार्कीले नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना दिनु भएको छ । मंगलबार सामाजिक सञ्जालमार्फत उहाँले बितेका वर्षका अनुभवहरूबाट सिक्दै आगामी

बजारमा कति बढ्यो अण्डाको मूल्य?

चितवन, १ बैशाख । अण्डाको उत्पादनमा आएको कमी र बजारमा माग बढेपछि अण्डाको मूल्य पुनः वृद्धि भएको छ । लेयर्स कुखुरापालक सङ्घले फार्म मूल्यलाई आधार

अमेरिकी नाकाबन्दी निर्णयको विरोधमा युरोपेली देशहरु

एजेन्सी,१ वैशाख । अधिकांश युरोपेली देशहरूले इरानी समुद्री यातायातमा नाकाबन्दी लगाउने अमेरिकी निर्णयको विपक्षमा देखिएका छन् । ति देशहरुले कूटनीतिक समाधानमा जोड दिँदै र हर्मुजको