हिमालय फूड फेस्टिवल : घरबाटै ल्याएकाे सामानबाट परिकार बनाएर बेच्दै विद्यार्थी

पाककला र बजारीकरणकालागी व्यवहारीक शिक्षा

दमक, १४ माघ । दमक २ मा रहेका हिमालय माद्यमीक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले आ–आफ्नो घरबाट नुन, तेल, पीठो, चामल, भुजा, खुर्सानी तथा अन्य बिभिन्न सामाग्री बोकेर विद्यालय आएका थीए । उनीहरुले केके र कसरी पकाउन जान्दाछन् त्यसबारेममा उनीहरुको व्यवहारीक प्रयोग गराएर देखाउन भनीएको थियो । प्रतिनिधीमुलक रुपमा हामीले स्टल नं ५ की विद्यार्थी सुहाना थापासग कुराकानी गर्यौ । उहाको टिमले यहाँ पुरी र तरकारी बनाएर बेचि रहेको छ । पुरी बनाउने, पकाउने , राख्ने , खान दिने प्लेट सबै नै उहाँहरु आफैले व्यवस्थापन गर्नु भएको हो । सबै साथीहरुले आवश्यकीय सामाग्री ल्याएर पुरी र तरकारी बनाएर बेच्न थाल्यौ । यसरी बेचेर बचत भएको रकम साथीहरु मिलेर केहि कोष बनाउने वा कहि हाईकिङमा गएर नयाँ अनुभूति गर्ने सोच उनीहरुको छ ।

यस्तै यही विद्यालयमा रहेको स्काउटको टोलीले पनि पाककला गरीरहेको छ । उहाँहरुले नेवारी खाजा सेट बनाएर बेच्नु भएको हो । यसकालागी आवश्यक पर्ने सामाग्री खरिद गर्न स्काउटसग कोष थियो । त्यहि कोषबाट अहिले लगानी गरेर नेवारी खाजा सेट बनाएर बेचीएको छ । यसबाट भएको मुनाफालाई स्काउटकै कोषमा राख्ने स्काउट सदस्य प्रीञ्जाल लावतीले जानकारी दिनुभयो ।

विद्यार्थीहरु समुहमा मिलेका थीए । सबैले आ आफ्नो जिम्मेवारी अनुसार काम गरिरहेका थीए । कोहि ग्राहक व्वस्थापन, बेचेको पैसा लिने र राख्ने, कोहि पकाउने तथा कोहि चाहि नमस्ते गर्दै आफ्नो क्षमता देखाइरहेका थीए । विद्यार्थीहरुले पकाएका यी परिकार विद्यालयमा आएका अन्य विद्यार्थी तथा शिक्षकहरुले निकै स्वाद मानेर खाइरहनु भएको थियो । कुनैपनि स्टल खाली थिएनन । अधिकांश स्टलमा पकाइएका खानेकुरा बिक्रि भएका थीए । खाना खाएपछि शिक्षकहरुले विद्यार्थीहरुले मिनहत गरेर पकाएका परिकारहरु स्वादिला रहेको र स्वस्थ्कर समेत रहेको प्रतिकृया दिएका थिए ।

यो खाले कार्यक्रमले विद्यार्थीहरुमा व्यवहारीकता त सिकाएको छ नै अन्य व्यवस्थापनका पक्षहरु पनि विद्यार्थीहरुले यहाँबाट सिक्न सकेका छन् । हिमालय माद्यमिक विद्यालयले ७० औ वार्षिक उत्सवको अवसरमा िहिमालय फूड फेस्टिवलको आयोजना गरेको थियो । सो अवसरमा आयोजीत विबिध कार्यक्रम मध्ये फूड फेस्बिटवल पनि एक रहेको विद्यालयका प्रधनाध्याक द्रोणबहादुर श्रेष्ठले जानकारी दिनुभयो । यस्तै बुधबारनै विद्यालयमा हिमालय आईडल समेत भएको थियो । गायन र नृत्यमा छनौट भइ अन्तिम चरणमा आइपुगेका विद्यार्थी विच प्रतिस्पर्धा भएको थियो । यसै गरी ओम शान्त्ती डेण्टल हस्पिटल दमकसगको प्राविधिक सहयोगमा निशुल्क दन्त शिविर र रक्तदान समेतको कार्यक्रम आयोजना गरीएको थियो । बिहिबार विद्यालयको वार्षिक उत्सवको प्रगती प्रतिवेदन प्रस्तुतीका साथै फूड फेस्टिवल, निशुल्क दन्त शिविर, विद्यार्थीहरुद्धारा निर्मित विभिन्न सामाग्रीको प्रदर्शनी तथा विक्रि, छात्रबृत्ति वितरण, विज्ञान प्रदर्शनीका साथै शिक्षक, संयोजक एवं जग्गा दातालाई सम्मान समेत गर्ने कार्यक्रम रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै