फोहोरबाट मोहोर बन्दै

फोहोरबाट उर्जा : दमकमा प्लाण्ट बन्यो चैतदेखी ग्यास र मल उत्पादन

 

 

दमक /

दमकमा आगामीअन्तीम चरणदेखि फोहोरबाट ग्याँस र प्राङ्गारिक मल उत्पादन सुरु हुने भएको छ । फोहर व्यवस्थापनको जिम्मा पाएको नेक्स्ट इरा इनर्जी प्रालिले फोहोरबाट एकैसाथ ग्याँस र प्राङ्गारिक मल उत्पादन सुरु गर्न लागेको कम्पन्नीका प्रबन्ध निर्देशक विमल खतिवडाले जानकारी दिए ।

 

उनका अनुसार फोहोरबाट अब घरका भान्सामा प्रगोग हुने ग्याँसदेखि खेतबारी र गमलामा प्रयोग हुने प्राङ्गारिक मलसमेत उत्पादन हुने भएको छ । कुहिने फोहर प्रशोधन गरेर ऊर्जा उत्पादन गर्न संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । फोहोरबाट ऊर्जाअन्तर्गत ग्याँस, प्राङ्गारिक मल र झोल मल उत्पादन गरिने भएको दमक नगरपालिका सरसफाइ शाखाका प्रमुख दोर्ण थापाले बताउनुभयो । यसका लागि दमक–३ स्थित हंसेदुम्से सामुदायिक वन क्षेत्रभित्र प्रशोधन केन्द्र स्थापना गरिएको छ ।

 

नगरको फोहर लगेर अजैविक अर्थात् प्लाष्टिकयुक्त र जैविक तथा कुहिने वर्गको फोहर छुट्याइन्छ । यसरी छुट्याइएको फोहरमध्ये जैविक फोहरलाई ठूलो ट्याङ्कीमा हालेर १५ दिनसम्म कुहिन्छ । यसरी कुहिएको फोहोरबाट मिथेन बायोग्याँस उत्पादन हुने र उत्पादन भएको ग्याँसलाई प्रशोधन गरी ग्याँस पाइप अर्थात् सिलिण्डरमार्फत वितरण गरिने छ । बाँकी कुहिएको फोहोरबाट प्राङ्गारिक मल उत्पादन गरिन्छ भने यहाँ जमेको तरल पदार्थबाट झोल प्राङ्गारिक मल उत्पादन गरिने कम्पनीका प्रबन्धक निर्देशक खतिवडाले बताए ।

 

उनका अनुसार प्रशोधनका लागि २२ मिटर चौडाइ र आठ दशमलव पाँच मिटर उचाइ भएको विशाल पक्की ट्याङ्की निर्माण भइरहेको छ । यहाँबाट दैनिक एक हजार ८४ किलोग्राम वायोग्याँस उत्पादन गर्न सकिन्छ । यस्तै दैनिक १० हजार किलोग्राम प्राङ्गरिक मल तथा करिब सात हजार ५०० लिटर झोल मल उत्पादन गर्न सकिने दमक नपाका फोहर व्यवस्थापन शाखाका प्रमुख थापाले जानकारी दिए । संरचना निर्माणमा कूल रु २० करोड ५८ लाख ९७ हजार लागत रहेको छ । यसमा लागत सहभागिता रु १४ करोड ७० लाख बढी नेक्स्ट इरा इनर्जी प्रालि÷रोहन टे«र्डस प्रालि जेभीको र बाँकी रु पाँच करोड आठ लाख बढी वैकल्पिक ऊर्जा  प्रवद्र्धन केन्द्रको रहेको जनाइएको छ । जेभीले विसं २०७७ माघ १० गते सम्झौता गरेको थियो ।

 

दमक क्षेत्रमा दैनिकजसो २० टन फोहर उत्पादन हुने गरेको छ भने १५ टन फोहर सङ्कलन हुँदै आएको छ । जसमध्ये दमक क्षेत्रमा ६६ दशमलव ५२ प्रतिशत जैविक फोहर रहने गरेको छ । कागज तथा कागज जन्य छ दशमलव ५५ प्रतिशत, प्लाष्टिक तथा प्लाष्टिक जन्य पाँच दशमलव ३७ प्रतिशत फोहर निस्किने गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा रथयात्रा, केके भयो ? केके देखियो ?

यस वर्षको रथयात्रा अघिल्ला वर्षभन्दा भावुकसमेत बनेको थियो। आयोजकले रासुवास्थित भोटेकोशीमा आएको बाढीमा परी दिवंगत भएकाहरूप्रति श्रद्धाञ्जलीस्वरूप ठाउँ–ठाउँमा आरती आयोजना गरेको थियो।

बाढी पीडितका लागि ईयूद्वारा ८२ टन राहत सामग्री र थप ५ लाख युरो सहयोग

काठमाडौं ,२० भदौ। विनाशकारी बाढीबाट पीडितलाई युरोपेली संघ ईयू ले थप मानवीय सहयोग उपलब्ध गराएको छ। ईयूले विमानमार्फत युनिसेफसँगको सहकार्यमा ८२ टन अत्यावश्यक राहत सामग्री

अपर त्रिशूली १ बाट थप एक विदेशीको जीवितै उद्धार

नुवाकोट ,२० भदौ। अपर त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङ भित्र फसेका एक विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाले शनिबार ती विदेशी नागरिकको

पहिरोले घर पुरिएको ११ दिन पछि महिलाको जीवितै उद्धार

नुवाकोट,२० भदौ । नुवाकोटको बेत्रावतीमा त्रिशूलीको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा बिदुर नगरपालिका–१० की चन्द्रिका

त्रिशूली बाढीले बगाएको नुवाकोटको बेलिब्रिज जडान तीव्र, त्रिशूलीमाथि तुइन पनि राख्दै सेना

 काठमाडौं , २० भदौ । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विध्वंशकारी बाढीका कारण ध्वस्त भएको नुवाकोटको एक बेलिब्रिज जडान सुरु भएको

‘हामीलाई दया होइन, जलवायु न्याय चाहिन्छ’ : राष्ट्रसङ्घमा बालेनले उठाउनुपर्ने आवाज

काठमाडौँ , भदौ २०। हामी अहिले पीडामा छौँ। यति ठूलो पीडामा छौँ कि यसपटक नेपालका पहाडहरूबाट बगेको पानीले केवल नदीका किनाराहरू मात्र छोएको छैन। यसले