व्यापार घाटा बढ्यो

नेपालमा आयात बढेसँगै व्यापार घाटा ३८.४% ले बृद्धि ।

काठमाण्डौं / आयात बढेसँगै व्यापार घाटा चुलिएको छ । व्यापार घाटा १० खर्ब १५ अर्ब ८१ करोड बराबर पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको सात महिनामा कुल वस्तु व्यापार घाटा ३८ दशमलव ४ प्रतिशतले बढेको छ ।

आर्थिक वर्षको समीक्षा अवधिमा निर्यात आयात अनुपात ११ दशमलव ५ प्रतिशत पुगेको छ । सात महिनाको कुल वस्तु आयात ४२ दशमलव ८ प्रतिशतले बढेर ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ बराबर पुगेको छ ।

भारतबाट ३१ प्रतिशत, चीनबाट ४२ दशमलव ३ प्रतिशत र अरु देशबाट ८३ दशमलव ८ प्रतिशतले आयात बढेको राष्ट्र बैंकको विवरणमा उल्लेख छ । पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, कच्चा सोयाबिन तेल, गाडी तथा पाटपुर्जालगायतका सामानको आयात बढेको छ । निर्यातको मात्रा पनि केही बढेको राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकका अनुसार चालु आर्थिक वर्षको सात महिनाको अवधिमा वस्तु निर्यात ८८ दशमलव ३ प्रतिशतले बढेर एक खर्ब ३१ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । भारततर्फको निर्यात ११३ प्रतिशतले बढेको छ भने चीनतर्फको निर्यात भने १२ दशमलव ४ प्रतिशतले घटेको छ । अरु देशतर्फको निर्यात पनि २७ दशमलव ७ प्रतिशतले बढेको छ ।

नेपालबाट पाम तेल, सोयाबिन तेल, पिना, धागो, जुसलगायतका वस्तुको निर्यात बढेको छ । अलैँची, चिया, जडीबुटीको निर्यात भने घटेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा योग शिक्षकलाई सम्मान

दमक, २६ असार | दमक–८ स्थित अर्गानिक योग साधना केन्द्रले गुरु पूर्णिमाको अवसरमा एक विशेष समारोहको आयोजना गरी पतञ्जली योग समितिमार्फत सञ्चालन गरिएको सह–योग शिक्षक

दमकमा स्यालो ट्युबेल जडानका कारण पानी नपरेपनि रोपाई गर्न सहज

दमक,२६ असार । झापा जिल्लामा असार महिनाको अन्तिम साता नजिकिँदासमेत पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ। अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा

हराएको स्कार्पियो फेला पर्‍यो

दमक, २६ असार । धरानबाट हराएको स्कोरपियो फेला परेको छ ।   आज बिहान धरान १८ स्थित धनकुटे रोडमा पार्किङ गरी राखिएको को २ च

बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

दमक,२६ असार । झापाको बाह्रदशी गाउँपालिका–१ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको प्रहरीले जनाएको छ ।