झापा । झापाको छुट्टाछुट्टै स्थानबाट लागु औषध ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका १२ का ४५ वर्षीय कुमार राजवंशी र अर्जुनधारा नगरपालिका ४ भाङबारीका ३६ वर्षीय रेस बहादुर सार्की रहेका छन् ।
शनिवार बेलुका ४ बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागु औषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले मेची पुल छेउबाट कुमार राजवंशीलाई ४ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यस्तै हिजै बेलुका ७ बजे अस्थायी प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरी टोलीले रेस बहादुर सार्कीलाई घरमै २ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।