माधव नेपालसहित १४ जनाविरुद्धको रिटलाई अन्तिम सुनुवाइ गर्न सर्वोच्चको आदेश

1642838506_sarbocha adalat

 

 

काठमाडौं : माधव नेपालसहित एमालेले कारबाही गरेको १४ सांसदमाथि अन्तिम सुनुवाइका लागि पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

न्यायाधीश ईश्वर प्रसाद खतिवडा र कुमार चुँडालको संयुक्त इजलासले मुद्दा पूर्ण सुनुवाइ गर्न आदेश दिएको हो। मुद्दाको पक्ष र विपक्ष दुवै तर्फबाट लिखित जवाफ पेस भएकाले अन्तिम सुनुवाइ गर्न सर्वोच्चले आदेश दिएको हो।

माधव नेपालसहित १४ सांसदलाई एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टीले गरेको कारबाहीलाई सभामुख अग्निप्रसाद सापकोटाले रोकेको भन्दै एमाले अदालत पुगेको थियो।

यसअघि पनि पटकपटक पेसी चढेर हेर्न नभ्याइनेमा राखिएको थियो। एमालेले साउन २५ को निर्णयअनुसार कारबाहीको पत्र भदौ १ गते संसद् सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो।

तर, सभामुखले सूचना टाँस नगरेपछि एमालेबाट विद्रोह गरेर माधव नेपालले एकीकृत समाजवादी पार्टी गठन गरेको थिए।

सभामुख सापकोटाले भने कानुनअनुसार १५ दिनभित्र सूचना टाँस गर्न पाउने अधिकार छ। त्यसै अधिकारलाई प्रयोग गरेर सभामुख सापकोटाले १३ दिनका दिन यस विषयमा कुनै निर्णय गरिरहनु नपर्ने भन्दै सूचना निकालेका थिए।  त्यही विषयलाई लिएर एमालेले निरन्तर संसद् अवरोध गर्दै आइरहेको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन