भाडा समायोजन गर्न सरकारसँग माग

भाडा समायोजन नगरिए ८ गतेदेखि भाडा बढाउने व्यवसायीकाे चेतावनी

images (3)

 

 

 

 

यातायत व्यवसायीले चैत ७ सम्म सरकारबाट यातायातको भाडा समायोजन नगरे एकतर्फी भाडा बढाउने चेतावनी दिएका छन् ।

पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि हुँदा पनि गत असार २७ गते समायोजन गरिएको भाडा अहिलेसम्म यथावत् रहेको जनाउँदै व्यवसायीले तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेका हुन् ।

विगतमा डिजेलको मूल्य १०४ हुँदा समायोज भएको भाडा अहिले रु १३३ पुग्दासमेत यथावत् हुनु विडम्बना भएको व्यवसायीको गुनासो थियो। बजारका हरेक वस्तुको मूल्य आकासिँदै गएको समयमा वैज्ञानिक भाडा समाजोजन आजको आवश्यकता भएको उनीहरुको  भनाइ थियो ।

आज पत्रकारसम्मेलन गरी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले वैज्ञानिकरुपले भाडादर समायोजन गर्नाका लागि सरकारसँग माग गरे ।

उनले ७ गतसम्म भाडा समायोजन नभए बाध्य भएर व्यवसायी आफैँले समायोजन गर्ने चेतावनी पनि दिएका हुन् ।व्यवसायीका अनुसार हाल तय भएको वैज्ञानिक भाडा प्रणाली अनुसार इन्धनको ३५ प्रतिशत सूचकलाई आधार मान्दा सार्वजनिक बसको लागत नौ दशमलव०३, ट्रक (पहाड) को ११ दशमलव ८२ र ट्रक (तराई)को १३ दशमलव१३ प्रतिशत लागत वृद्धि भएको छ ।

यस्तै पेट्रोलबाट सञ्चालित सवारी साधानको लागत आठ दशमलव पाँच प्रतिशत वृद्धि भएको पत्रकार सम्मेलनमा जनाइएको थियो । व्यवसायीले गण्डकीमा भाडा समायोजन गरिए पनि बागमती प्रदेशमा भने नगरिएको प्रति पनि ध्यानाकर्षण गराएका थिए ।

गएको असार २७ गते समायोजन भएको भाडादर पर्यटक बोक्ने सवारी साधनको हकमा समायोजन नभएकाले त्यसमा पनि वैज्ञानिक भाडादर समायोजन गर्न माग गरिएको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।