कैलाली,१३ चैत । कैलालीको चुरे गाउँपालिका–५ भासु गाउँमा भिरबाट लडेर वडासदस्यको मृत्यु भएको छ ।
कैलाली जिल्ला प्रहरीकाका अनुसार चुरे गाउँपालिका–५ का वडासदस्य दुर्गा अर्खालीको मृत्यु भएको हो ।
घर नजिकैको जङ्गलमा बाख्रा चराउन जानुभएको थियो तर साँझसम्म पनि घर नफर्किएपछि खोजतलास गर्दा गएराती उहाँको शव फेला परेको थियो ।









