क्यान्सर तथा गुप्तरोगको खोजी र उपचार अभियान

युनिभर्सल युथ ग्रुप र हाम्रो उन्नत प्राङ्गारिक मल तथा शिवशक्ति वायोटेक कम्पनीको सहकार्यमा यसबेला कोशी प्रदेशका पहाडी जिल्लामा स्वास्थ्य अभियान सञ्चालित

पथरी, १६ चैत । खानपान र पर्यावरणीय असरले मानिसहरुमा क्यान्सर जस्ता जटिल रोगहरु बढ्दै गएका छन् । यही अवस्थालाई दृष्टिगत गरी मोरङको उर्लाबारीस्थित दुईवटा संस्थाको सहकार्यमा यो बेला क्यान्सर तथा गुप्तरोगको खोजी र उपचार अभियान अघि बढेको छ ।

युनिभर्सल युथ ग्रुप र हाम्रो उन्नत प्राङ्गारिक मल तथा शिवशक्ति वायोटेक कम्पनीको सहकार्यमा यसबेला कोशी प्रदेशका पहाडी जिल्लामा स्वास्थ्य अभियान सञ्चालित छ । जिल्ला जिल्लामा कार्यक्रमको संयोजन भनें जिल्ला सहकारी संघमार्फतहुँदै आएको छ । जस अन्तर्गत पछिल्लो पटक इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लामा पहिलो चरणको जानकारीमूलक कार्यक्रम सम्पन्न भयो । जहाँ सहकारी संस्थामा आवद्धहरुलाई प्रतिनिधिमूलक रुपमा भेला गराई वडा वडामा विशेषगरी महिलाको पाठेघरको मुखमा हुने क्यान्सर र गुप्तरोग सचेतना कार्यक्रम सञ्चालन हुनेछ । त्यसपछि निःशुल्क परीक्षण शिविर कार्यक्रम सञ्चालन गरिँदै आएको युनिभर्सल युथ ग्रुपका अध्यक्ष सुनील धिमालले जनाउनु भयो ।

मानिस स्वस्थ रहन भान्सा स्वस्थ रहनु पर्ने हुन्छ । हाल रासायनिक बस्तुको अध्याधिक प्रयोगले दुषित बनेको भान्सा सुधार्न उत्पादनमै सुधार ल्याउने एउटा महत्वपूर्ण उपायका रुपमा प्रांगारिक मलको प्रयोगको आवश्यकता कार्यक्रममा जोडिएको छ । गोबर, जुतो, सुली, पिना लगायतका १२ तत्व मिलाएर बनाएको मलको महत्व झन बढ्दै गएको हाम्रो उन्नत प्राङ्गारिक मल तथा शिवशक्ति वायोटेक कम्पनीका प्रवन्धक राजीव खड्काले बेलिबिस्तार लगाउनु भयो ।

आफन्त रविना धिमालको क्यान्सरका कारण २२ वर्षको उमेरमा निधन भएको घटनाले पिरोलिएर सुनीलले २०७५ सालमा खडा गर्नुभएको संस्थाको स्वास्थ्य अभियानको माग बस्ती बस्तीमा बढेको छ ।

यही मागलाई दृष्टिगत गरी मधेश प्रदेशका केही जिल्लामा समेत यसखाले कार्यक्रम सञ्चालन भएको छ । यसका साथै कोशीका पहाडी जिल्ला भोजपुर, संखुवासभा, तेह्रथुम, धनकुटा तथा इलाम, पाँचथर र ताप्लेजुङमा कार्यक्रम जारी छ । ती जिल्लामा रोग पहिचान भइ उपचारको क्रम अघि बढेको सहकारी संघ कोशी प्रदेश सदस्य एवम् संघका तेह्रथुम जिल्ला अध्यक्ष फौदबहादुर सुवेदीले तथ्याङ्क समेत प्रस्तुत गर्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ

नेपालको कानुनमा बेपत्ता व्यक्तिको मृत्यु घोषणा: कानुनी व्यवस्था र व्यावहारिक चुनौती

धेरै पीडित परिवारलाई मृत्युको न्यायिक घोषणा गर्ने कानुनी प्रक्रिया नै थाहा हुँदैन। जानकारी भएका परिवार पनि आर्थिक अभावका कारण अदालतसम्म पुग्न सक्दैनन्।

आगामी महाधिवेशन राप्रपाको ‘टर्निङ पोइन्ट’ हुनुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं,२७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई पुनर्गठन गरेर अगाडि बढाउनुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित नेपाल

राष्ट्रिय भेलाको तयारीमा जुट्यो एमाले

काठमाडौं,२७ असोज। नेकपा (एमाले) राष्ट्रिय भेलाको तयारीमा जुटेको छ। आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना हुने राष्ट्रिय भेलाको तयारीका लागि पार्टीको पहिलो बैठक