महिला हिंसा अन्त्य गरौ

दमकमा देखियो : “उठ नारी अति भो सहेर बस्दा क्षती भो “

 

दमक/
दमकमा बुधबार दिउँसो एक हुल महिलाहरु सडकमा उत्रीए । सबैको हातमा एक एक वटा प्ले कार्ड बोकिएको थियो । प्ले कार्डमा महिला हिंसा अन्त्यको माग लेखिएका विभिन्न नारा लेखिएका थिए ।

उठ नारी अति भो, सहेर बस्दा क्षती भो, हिंसा रहित समाजको निर्माण गरौ, बालिकालाइ न्याय दे,बलत्कारी खुलेआम बलतकृत गुमनाम, हत्यारालाई फाँसी दे , बालिला बलात्कार गर्नेलाई कित लिङ्ग मासिदेउ कि त अब फाँसी देउ जस्ता नारा लेखिएका प्ले कार्ड बोकेर दमकका महिलाहरुले पैदल र्याली निकालेनिकाले।

मेची महाकाली बुहारी संयुक्त आवाज उपशाखा दमकले आयोजना गरेको र्याली महिला र बालिका बलात्कारको घटनाका विरुद्ध थियो ।

केहि दिन अघि मोरङकी १८ महिने बालिका करिस्मा मण्डलको बलात्कार पछि हत्या भएको विरुद्धमा मेची महाकाली बुहारी संयुक्त आवाजले र्याली निकालेको हो ।

र्याली दमक को गणतन्त्र चोकमा भेला भएर सुरु भएको थियो । त्यहाबाट फर्निचर लाईन को बाटो हुँदै नमुना मार्ग हुँदै थानारोडबाट पुनः गणतन्त्र चोकमा सभा बिसर्जन भएको थियो ।

महिला र वालिकालाई बलात्कार गर्ने घटना दिन दिनै बढी रहेकोले यसका विरुद्ध सबै एकजुट हुन पर्ने दमक उपसाखा संयोजक जमुना निरौला अधिकारीले बताउनु भयो ।

बलात्कारलाई फासिको सजाय दिन समेत माग गरिएको उहाले जानकारी दिनु भयो । यसकालागि समाजका सबै पक्ष एकजुट हुन आवश्यक रहेको पनि निरौलाले औल्याउँनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

खानेपानी साधारणसभा रीर्पोट

दमक,२८ कार्तिक । खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमक , झापाले शुक्रबार आफ्नो २९औँ साधारण सभा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले हरेक वर्ष झैँ

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो