दुर्घटना बढ्दै

सडकको दुरावस्था र सवारीसाधनको चापः दुर्घटनाको कारक

झापा/ सडकको दुरावस्था तथा सवारीसाधनको चाप दिनप्रतिदिन बढेसँगै पछिल्लो समय दुर्घटनाको संख्या बढ्दै गएको छ । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरे पनि सडकको दुरावस्था, सवारीसाधनको चाप बर्षेनि बढ्नु, चालकको लापरवाही लगायतका विभिन्न कारणले दुर्घटनाको संख्या बढ्दै गएको प्रहरीको तथ्यांकमा उल्लेख गरेको छ ।

दिनप्रतिदिन बढ्दै गएको सवारी दुर्घटनाका कारण नेपालका कतिपय सडक ‘डेथ–जोन’ बन्दै गएका छन् । झापामा पनि कति पय स्थानमा दुर्घटना ग्रस्त क्षेत्रका रुपमा विभाजन गरेर ट्राफिक प्रहरीले सचेतना मुलक बोर्डहरु राखेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि चालकको लापरवाही तथा सडकको दुरावस्थाका कारण दुर्घटना न्यूनीकरण प्रभावकारी बन्न नसकेको ट्राफिक प्रहरी निरीक्षक निशेष चापागाईले बताउनु भयो ।

सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले समुदाय स्तर तथा विद्यालय स्तरसम्म पुगेर ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको ट्राफिक प्रहरी निरीक्षक चापागाईंको भनाइ छ । सवारी दुर्घटनामा दुई पाङ््ग्रे सवारीको दुर्घटना धेरै हुने गरेको जनाइएको छ । सवारी दुर्घटना कै कारण पछिल्लो तीन वर्षमा झापामा दुई सय चालिस जनाले ज्यान गुमाएका छन् ।

आर्थिक वर्ष २०७५/०७६ मा तीन बालबालिका नौ जना महिलासहित ७३ जना पुरुष गरी ८५ जनाले ज्यान गुमाए भने आर्थिक वर्ष २०७७६/०७७ मा चार बालबालिका १० जना महिलासहित ४८ जना पुरुषले ज्यान गुमाएका छन् । त्यस्तै गत आर्थिक वर्ष २०७७/०७८ मा मात्रै ९३ जनाले सवारी दुर्घटनाकै कारण ज्यान गुमाउनुपरेको छ । गत आर्थिक वर्षमा छ जना बालबालिकासहित १२ जना महिला र ७५ जना पुरुषले दुर्घटनामा ज्यान गुमाएको ट्राफिक प्रहरीको तथ्याकमा उल्लेख गरिएको छ ।

झापामा चालू आर्थिक वर्षको आठ महिनामा मात्रै ८२ जनाले सवारी दुर्घटनाकै कारण ज्यान गुमाइसकेका छन् । चार बालबालिकासहित १२ जना महिला र ६६ जना पुरुषले सवारी दुर्घटनाकै कारण ज्यान गुमाउनुपरेको हो । चालू आर्थिक वर्ष २०७८/०७९ मा भएका दुर्घटनामा एक सय ६९ जना गम्भीर घाइते भएका छन् ।

आठ महिनामा चार सय १२ वटा सवारी दुर्घटनामा परेका हुन् । जसमध्ये सबैभन्दा धेरै मोटरसाइकल दुर्घटना रहेको ट्राफिक प्रहरी निरीक्षक चापागाईले बताउनु भयो । सवारी दुर्घटना बढ्नु्मा मुख्य कारण सडकको दुरावस्था र चालकको लापरवाही रहेको प्रहरीले जनाएको छ ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी बाढीले खोस्यो अनोजको जीवन, आमाको उपचार खर्च जुटाउने सपना पनि अधुरै

 विराटनगर , १९ भदौ । मोरङ बेलबारी नगरपालिका– ९ का २६ वर्षीय अनोज धमलाले चाहेजस्तो हुन्थ्यो भने, उनी यतिबेला कोरियामा हुन्थे । कोरियन भाषा परीक्षा

बाढीपीडितलाई मन्त्री सतपालजी महाराजको राहत सहयोग

काठमाडौँ , भदौ १९ । मानव धर्मका प्रणेता एवं भारतको उत्तराखण्ड प्रदेश सरकारका पर्यटनमन्त्री सतपालजी महाराजले भोटेकोशी बाढीबाट प्रभावित नेपाली नागरिकहरूको उद्धार तथा राहतका लागि

मन्दिरहरूमा भक्तजनको भीड, धार्मिक सदभावको सन्देश

दमक ,१९ भदौ । भगवान् श्रीकृष्णको जन्मोत्सव—श्रीकृष्ण जन्माष्टमी पर्व आज शुक्रबार देशभर भक्तिभावपूर्वक मनाइँदै छ। दमकका विभिन्न कृष्ण मन्दिर तथा धार्मिक स्थलहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको

भोटेकोशी बाढीको दशौँ दिन : जलविद्युत् आयोजनाका सुरुङमा खोजी अझै जारी

काठमाडौं , भदौ १९ । भोटेकोशीमा आएको विनाशकारी बाढीको दशौँ दिनसम्म पनि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजी चुनौतीपूर्ण बनेको छ

विपद्मा नेपाललाई २९ देशको साथ, राहत र आर्थिक सहयोग जुट्यो

 काठमाडौं , भदौ १९ ।भोटेकोशी बाढीपछि नेपाललाई परेको विपद्मा हालसम्म २९ देशसहित ठूला अन्तराष्ट्रिय संस्थाहरूले साथ सहयोग गरेका छन् । केही मुलुकहरूले अत्यावश्यक मानवीय सहायता

राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा दर्शन र पूजा आराधना

काठमाडौँ,१९ भदौ ।श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन एवम् पूजाअर्चना गर्नु भएको छ ।