ईलाममा कफि

इलाममा कफिको समेत प्रचुर सम्भावना; किसानहरु आकर्षित

Capture जजज

ईलाम/ चिया उत्पादनमा नाम कमाएको इलाम जिल्लामा कफिको समेत उत्तिकै सम्भावना रहेको पाइएको छ । बजारको समस्या नभएपछि ईलामका किसानहरु कफि खेतीमा आकर्षित भएका छन् । कफिको दाना दानै र विरुवा समेत राम्रो मुल्यमा विक्रि भएपछि पश्चिमी इलामको माङसेबुङका किसान कफि उत्पादनमा लागेका हुन् ।

जिल्लाको माङसेबुङ गाउँपालिका तोभाङ आसपासका करिव २ सय ५० परिवार कफि खेतीमा संलग्न भएका छन् । कफिमा राम्रो आम्दानी लिन सकिने देखेर यहाँका केहि अगुवा किसानले गत वर्ष मात्र ६० हजार कफिका विरुवा वितरण गरि रोपेका थिए । विरुवा विक्रिबाट पाँच लाख आम्दानी भएको स्थानीय याम कार्की बताउँनुहुन्छ ।

कफिको लागि विदेशको समेत बजार हेरेर श्रोत खुलेका कफिका विरुवा लगाएका किसानहरुको भनाई छ । यहाँका किसानले अराविका र बोरबन जातका कफि खेती गर्दै आएका छन् । तयारी कफीका लागि चेरी खरीद गरी पार्चमेन्ट तयार पार्ने र सुकाएर निकासी गर्ने गरिएको छ । तोभाङका किसानले बार्षिक दुइ टन बढि पार्चमेन्ट निकासी गर्ने गरेको कफि खेतीमा लाग्नुभएका स्थानीय कृषक कृष्णबहादुर लिम्बूको भनाइ छ ।

कफिमा आत्मनिर्भर बनाई विदेशमा समेत निर्यात गर्ने उदेश्यले कृषि ज्ञान केन्द्र इलामले कफि खेती विस्तार कार्यक्रम संचालन गरेको छ । चालु आर्थिक वर्षमा १२ हेक्टर क्षेत्रमा कफि खेति विस्तार गर्ने लक्ष्य रहेको छ ।

कफि विस्तारका लागि तीस लाख बजेट छुट्टीएको छ । कफि खेतीमा आवश्यक प्राविधिक ज्ञान, अर्गानिक प्रमाणपत्र र प्रशोधन केन्द्रको व्यवस्था हुनुपर्ने किसानहरुको भनाई छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत

स्वस्थ जीवनका लागि युटर्नको सन्देश

पथरी, २८ बैशाख / मोरङको पथरी शनिश्चरेमा युटर्न इन्टरनेसनल प्रालिले स्वस्थ जीवन जिउने सन्दर्भमा सन्देशात्मक कार्यक्रम सम्पन्न गरेको छ ।   वडा नम्बर ९ स्थित