ईलाममा कफि

इलाममा कफिको समेत प्रचुर सम्भावना; किसानहरु आकर्षित

ईलाम/ चिया उत्पादनमा नाम कमाएको इलाम जिल्लामा कफिको समेत उत्तिकै सम्भावना रहेको पाइएको छ । बजारको समस्या नभएपछि ईलामका किसानहरु कफि खेतीमा आकर्षित भएका छन् । कफिको दाना दानै र विरुवा समेत राम्रो मुल्यमा विक्रि भएपछि पश्चिमी इलामको माङसेबुङका किसान कफि उत्पादनमा लागेका हुन् ।

जिल्लाको माङसेबुङ गाउँपालिका तोभाङ आसपासका करिव २ सय ५० परिवार कफि खेतीमा संलग्न भएका छन् । कफिमा राम्रो आम्दानी लिन सकिने देखेर यहाँका केहि अगुवा किसानले गत वर्ष मात्र ६० हजार कफिका विरुवा वितरण गरि रोपेका थिए । विरुवा विक्रिबाट पाँच लाख आम्दानी भएको स्थानीय याम कार्की बताउँनुहुन्छ ।

कफिको लागि विदेशको समेत बजार हेरेर श्रोत खुलेका कफिका विरुवा लगाएका किसानहरुको भनाई छ । यहाँका किसानले अराविका र बोरबन जातका कफि खेती गर्दै आएका छन् । तयारी कफीका लागि चेरी खरीद गरी पार्चमेन्ट तयार पार्ने र सुकाएर निकासी गर्ने गरिएको छ । तोभाङका किसानले बार्षिक दुइ टन बढि पार्चमेन्ट निकासी गर्ने गरेको कफि खेतीमा लाग्नुभएका स्थानीय कृषक कृष्णबहादुर लिम्बूको भनाइ छ ।

कफिमा आत्मनिर्भर बनाई विदेशमा समेत निर्यात गर्ने उदेश्यले कृषि ज्ञान केन्द्र इलामले कफि खेती विस्तार कार्यक्रम संचालन गरेको छ । चालु आर्थिक वर्षमा १२ हेक्टर क्षेत्रमा कफि खेति विस्तार गर्ने लक्ष्य रहेको छ ।

कफि विस्तारका लागि तीस लाख बजेट छुट्टीएको छ । कफि खेतीमा आवश्यक प्राविधिक ज्ञान, अर्गानिक प्रमाणपत्र र प्रशोधन केन्द्रको व्यवस्था हुनुपर्ने किसानहरुको भनाई छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा रथयात्रा, केके भयो ? केके देखियो ?

यस वर्षको रथयात्रा अघिल्ला वर्षभन्दा भावुकसमेत बनेको थियो। आयोजकले रासुवास्थित भोटेकोशीमा आएको बाढीमा परी दिवंगत भएकाहरूप्रति श्रद्धाञ्जलीस्वरूप ठाउँ–ठाउँमा आरती आयोजना गरेको थियो।

बाढी पीडितका लागि ईयूद्वारा ८२ टन राहत सामग्री र थप ५ लाख युरो सहयोग

काठमाडौं ,२० भदौ। विनाशकारी बाढीबाट पीडितलाई युरोपेली संघ ईयू ले थप मानवीय सहयोग उपलब्ध गराएको छ। ईयूले विमानमार्फत युनिसेफसँगको सहकार्यमा ८२ टन अत्यावश्यक राहत सामग्री

अपर त्रिशूली १ बाट थप एक विदेशीको जीवितै उद्धार

नुवाकोट ,२० भदौ। अपर त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङ भित्र फसेका एक विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाले शनिबार ती विदेशी नागरिकको

पहिरोले घर पुरिएको ११ दिन पछि महिलाको जीवितै उद्धार

नुवाकोट,२० भदौ । नुवाकोटको बेत्रावतीमा त्रिशूलीको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा बिदुर नगरपालिका–१० की चन्द्रिका

त्रिशूली बाढीले बगाएको नुवाकोटको बेलिब्रिज जडान तीव्र, त्रिशूलीमाथि तुइन पनि राख्दै सेना

 काठमाडौं , २० भदौ । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विध्वंशकारी बाढीका कारण ध्वस्त भएको नुवाकोटको एक बेलिब्रिज जडान सुरु भएको

‘हामीलाई दया होइन, जलवायु न्याय चाहिन्छ’ : राष्ट्रसङ्घमा बालेनले उठाउनुपर्ने आवाज

काठमाडौँ , भदौ २०। हामी अहिले पीडामा छौँ। यति ठूलो पीडामा छौँ कि यसपटक नेपालका पहाडहरूबाट बगेको पानीले केवल नदीका किनाराहरू मात्र छोएको छैन। यसले