१५९४ पदाधिकारी हट्दा पनि गभर्नर सुरक्षित: अध्यादेशले शक्तिशाली पद जोगायो

काठमान्डौं, २१ वैशाख । बालेन शाह नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश’ जारी गरेसँगै १,५९४ जना राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरू एकैपटक पदमुक्त हुने भएका छन्। तर, नेपाल राष्ट्र बैंकका गभर्नर भने यस निर्णयबाट सुरक्षित देखिएका छन्।

अध्यादेशले विभिन्न निकायमा रहेका राजनीतिक नियुक्तिहरू हटाउने बाटो खोले पनि गभर्नर नियुक्तिसम्बन्धी कानुनलाई समेटिएको छैन। स्रोतका अनुसार संवैधानिक पद, न्यायाधीश र गभर्नरजस्ता संवेदनशील नियुक्तिहरू जानाजान अध्यादेशबाट बाहिर राखिएका हुन्।

हालका गभर्नर विश्वनाथ पौडेल राजनीतिक सहमतिमा नियुक्त भएको व्यक्तिका रूपमा चिनिन्छन्। उनको नियुक्तिमा शेरबहादुर देउवा र आरजू देउवाको भूमिका रहेको चर्चा छ। उनी २०७९ को निर्वाचनमा चितवन–१ बाट उम्मेदवार बने पनि पराजित भएका थिए, जहाँ हरि ढकाल विजयी भएका थिए।

१,५९४ पदाधिकारी हटाइँदै गर्दा गभर्नर भने जोगिने अवस्था देखिनुले अध्यादेशले केही शक्तिशाली पदहरूलाई संरक्षण गरेको संकेत गरेको छ। यसले आगामी दिनमा राजनीतिक सन्तुलन र शक्ति समीकरणबारे नयाँ बहस सिर्जना गर्ने निश्चित देखिन्छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२५ करोड ऋणमा ५० लाख घुस माग्ने नेपाल बैंकका पूर्वअध्यक्ष चन्द्रबहादुर विशेष अदालतबाट कसुरदार ठहर

१४ असोज, काठमाडौं । ऋण दिएबापत घुस मागेको आरोप खेपेका नेपाल बैंक लिमिटेडका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी विशेष अदालतबाट दोषी ठहर भएका छन् । विशेष

बाढीले क्षतविक्षत भएको एक महिनापछि बेत्रावतीसम्म जोडियो सडक, रसुवागढी नाका खुलाउने प्रयास तीव्र

काठमाडौँ , असोज १४। भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोले सडक तथा पुलहरूमा क्षति पुर्‍याई सञ्जालबाट विच्छेद भएको एक महिनापछि बेत्रावतीसम्मको सडक पुनः जोडिएको छ । नेपाली

खर्च कटौतीको नीतिविपरीत साढे ३ करोडको विलासी गाडी किन्ने प्रक्रिया मधेस सरकारद्वारा रद्द

जनकपुरधाम , असोज १४। मधेस प्रदेश सरकारले ‘अति विशिष्ट व्यक्ति’ (भीभीआईपी) का लागि साढे ३ करोड रुपैयाँ बराबरको विलासी चारपाङ्ग्रे सवारीसाधन खरिद गर्न आह्वान गरेको

गुठी संस्थान र जनकपुरधाम उपमहानगरपालिकाबीच टकराव, पोखरी खाली गराउने अभियान अन्योलमा

जनकपुर , असोज १४। जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले गुठी संस्थानमाथि प्रश्न उठाएका छन् । उनले सम्पूर्ण जनकपुरको जग्गा गुठी कै भएकोले सार्वजनिक सौचालय