१३० वर्ष पुरानो कोशी अस्पतालः उपचार केन्द्र कि राजनीतिक अखडा?

विराटनगर,२४ वैशाख।“१३० वर्षको गौरव शाली इतिहास, ५ बिगाहाभन्दा बढी क्षेत्रफल। तर विडम्बना! पूर्वकै भरोसा मानिएको कोशी अस्पताल आज अस्पताल जस्तो छैन, एउटा अव्यवस्थित ’सुकुम्बासी बस्ती’ जस्तो देखिन्छ। विराटनगरका निजी अस्पतालहरूले महल ठड्याउँदा, गरिबका सन्तान उपचार पाउने यो सरकारी अस्पताल किन थला परेको छ?“
“भवनहरू जीर्ण छन्, नयाँ ओपिडीको म्याद थपिएको थपिएै छ। अस्पतालमा कर्मचारीको ओइरो छ, तर ती बिरामी जाँच्न होइन, राजनीतिक आडमा भर्ती भएका हुन्। सरसफाइ गर्ने दरबन्दीमा पिएन र सहायक स्वास्थ्यकर्मी नियुक्त गरिएका छन्, तर विशेषज्ञ डाक्टर भेट्न आकाशको फल जस्तै भएको छ। दैनिक हजारौं बिरामी पुग्छन्, तर न त निःशुल्क औषधि पाइन्छ, न त डाक्टरको समय!“

 

“अस्पताल भित्रका डाक्टर र नर्सहरू सरकारी सेवाभन्दा निजी क्लिनिकमा बढी व्यस्त भेटिन्छन्। सरकारी नियम भन्छ—अस्पतालको १ किलोमिटर क्षेत्रभित्र निजी अस्पताल खोल्न पाइँदैन। तर कोशीकै वरिपरि दर्जनौं अस्पताल र ल्याबको व्यापार फस्टाएको छ। यहाँ भित्रका मेसिन बिग्रिए बनाउने प्राविधिक छैनन्, तर बिरामीलाई बाहिर पठाउने ’सेटिङ’ भने मजबुत छ।“

 

“अपरेशनका लागि महिनौं कुर्नुपर्ने बाध्यता छ। अस्पतालको शौचालयको गन्धले कुरुवाहरू नाक थुनेर हिँड्न बाध्य छन्। अझ अचम्मको कुरा त के छ भने, अस्पतालको आफ्नै जग्गा विभिन्न संघसंस्थाले कब्जा गरेर पक्की संरचना बनाई भाडा खाइरहेका छन्, तर अस्पताल प्रशासन मूकदर्शक छ। यहाँसम्म कि पोष्टमार्टमका लागि आउने शवहरू राख्न समेत पर्याप्त फ्रिज र ठाउँ छैन।“

“सरकार फेरिन्छ, मेसु फेरिन्छन्, तर कोशी अस्पतालको अवस्था फेरिँदैन। अब बालेन्द्र शाह नेतृत्वको सरकार र नयाँ स्वास्थ्य मन्त्रीसँग नागरिकको एउटै प्रश्न छ— के यो ऐतिहासिक अस्पतालले कहिल्यै काँचुली फेर्ला? कि यसरी नै राजनीतिको शिकार भइरहला?

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,

मेहताको निर्देशन पछि वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमान्डौं ,१७ असार ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। नेपाल सरकार,

देशभरका निजी अस्पतालका लागि सरकारको ठूलो निर्णय! अब अस्पतालभित्रै बन्नेछ आमाहरूका लागि छुट्टै स्तनपान कक्ष

काठमान्डौं ,१७ असार ।सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा अब अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता