गोरखापत्रको अवस्थाबारे गम्भीर समीक्षा गर्ने मन्त्री तिमल्सिनाको उद्घोष

काठमाडौं,२४ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले नेपाल विविध भाषा, संस्कृति र पहिचानले भरिएको समृद्ध मुलुक भएको बताउनु भएको छ। गोरखापत्रको १२६औं वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री तिमल्सिनाले गोरखापत्रमा विभिन्न भाषामा सामग्री प्रकाशन हुँदै जानु गर्वको विषय भएको बताउनु भएको छ।

 

उहाँले भन्नु भयो, ‘नेपाल भनेको विविधताले भरिएको एउटा समृद्ध मुलुक हो । भाषा कारणले पनि समृद्ध छौं । सबै भाषाको सम्मान हुनु पर्दछ । गोरखापत्रमा विभिन्न भाषाहरू प्रकाशन हुँदै जानु हाम्रो लागि खिसी र गर्व दुवैको विषय हो ।’ मन्त्री तिमल्सिनाले गोरखापत्रको १२५ वर्षभन्दा लामो इतिहास गौरवपूर्ण भएपनि वर्तमान अवस्थामा संस्थान कहाँ उभिएको छ भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको बताउनु भयो।

 

‘एकातिर एउटा गैरवसाली इतिहास छ, एउटा सुन्दर विगत छ । आजको दिनमा गोरखापत्रको संस्थान कहाँनिर उभिएको छ भनेर समीक्षा गर्नुपर्ने बेला आएको छ । १२५ वर्षको इतिहास बोकेको गोरखापत्रको स्थान जहाँसम्म पुग्नुपर्ने थियो त्यहाँसम्म पुगेन भनेर सम्मान र रिभ्यू गरेन भने हाम्रो अगाडिको यात्रा त्यति सुखद नहुन सक्छ,’ उहाँले भन्नु भयो। सरकारसँग सम्बन्धित संस्थाहरूको हित, उन्नतीको लागि कसरी काम गर्न सकिन्छ भनेर तयारी गरि रहेको उहाँले बताउनु भयो।
‘नेपाल सरकारसँग सम्बन्धित जतिपनि संघस्थाहरु छन् अब तिनीहरूलाई कसरी अगाडि बढाउने, संस्थाहरूको हित र उन्नतिको लागि कसरी काम गर्ने भनेर तयारी गरी रहेको छौं,’ उहाँले भन्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२५ करोड ऋणमा ५० लाख घुस माग्ने नेपाल बैंकका पूर्वअध्यक्ष चन्द्रबहादुर विशेष अदालतबाट कसुरदार ठहर

१४ असोज, काठमाडौं । ऋण दिएबापत घुस मागेको आरोप खेपेका नेपाल बैंक लिमिटेडका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी विशेष अदालतबाट दोषी ठहर भएका छन् । विशेष

बाढीले क्षतविक्षत भएको एक महिनापछि बेत्रावतीसम्म जोडियो सडक, रसुवागढी नाका खुलाउने प्रयास तीव्र

काठमाडौँ , असोज १४। भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोले सडक तथा पुलहरूमा क्षति पुर्‍याई सञ्जालबाट विच्छेद भएको एक महिनापछि बेत्रावतीसम्मको सडक पुनः जोडिएको छ । नेपाली

खर्च कटौतीको नीतिविपरीत साढे ३ करोडको विलासी गाडी किन्ने प्रक्रिया मधेस सरकारद्वारा रद्द

जनकपुरधाम , असोज १४। मधेस प्रदेश सरकारले ‘अति विशिष्ट व्यक्ति’ (भीभीआईपी) का लागि साढे ३ करोड रुपैयाँ बराबरको विलासी चारपाङ्ग्रे सवारीसाधन खरिद गर्न आह्वान गरेको

गुठी संस्थान र जनकपुरधाम उपमहानगरपालिकाबीच टकराव, पोखरी खाली गराउने अभियान अन्योलमा

जनकपुर , असोज १४। जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले गुठी संस्थानमाथि प्रश्न उठाएका छन् । उनले सम्पूर्ण जनकपुरको जग्गा गुठी कै भएकोले सार्वजनिक सौचालय