उर्लाबारीका किसानको बारीमै खर्बुजा किन्न ग्राहकको घुइँचो

उर्लाबारी,२५ वैशाख।असिना–पानीले नराम्रो सँग क्षति पु¥याए पनि मेहनती कृषकका बारीबाटै खर्वुजा पाकेर बिक्रि सुरु भएको छ । उर्लाबारी न.पा.मा लगाइएको २४ विघा मध्ये २ विघाका खर्वुजा विक्रिसुरु भएको हो । बजारको तुलनामा सस्तो, ताजा, विश्वासनिय र गुणस्तरिय भएका कारण हरेकबर्ष बारीमै पुगेर खर्वुजा खरिद गरि खाने गरेको सर्वसाधारणको भनाई छ ।

 

लगाएको खेती मध्ये २ तिहाई क्षेत्रफलमा मात्र जोगाउन सकिएको र ढिलै भएपनि फल पाक्न थालेपछि बारीमै विक्री सुरु गरिएको स्थानिय युवाकृषक सुषन रिजालको भनाई छ । प्रचण्ड गर्मीको समयमा रशिलो फल खर्वुजा खानुको मज्जानै छुट्टै हुन्छ । आयातित फलफूलमा विषादिको शंका र भारतमा खर्वुजाखाएर एकै परिवारका ४ जनाको ज्यान गएको भन्ने सन्देश सामाजिक सञ्जालमा ब्यापक भएपछि स्थानिय स्तरमै उत्पादित बस्तुको खोजी गर्दै ग्राहकहरु बोट बाटै आफैले टिपेर खरिद गर्न खेतीमैं पगेकाहुन।

 

पुर्खौली पेशानै कृषक भएका कारण विभिन्न गोष्ठि, तालिममा राशायनिक मल र बिषदिको असर बारे जानकारी भएकाले कम्पोष्ट र गोठेमलनै प्रयोग गरिने भएकाले निर्धक्कभै खान र अरु समक्ष सन्देस फैलाउन उपभोक्ता, खरिकर्ता, ब्यापारी सवैलाई उर्लाबारीकै मिहेनती र सफल कृषक माधव रिजाको सन्देस छ । फल पाक्न थालिसके पछि सडिन सुरु गर्ने भएकाले चाँडै विक्री गर्नु पर्ने बाध्यता हुने कृषक रिजालको सन्देश छ । प्रचण्ड गर्मीको समयमा रशिलो फल खर्वुजा खानुको स्ववस्थ्का दृष्टिकोणले पनि फाइृदा जनक हुन्छ । यसमा ९० प्रतिशत पानीकोमात्रा लगायत विभिन्न तत्व पाईने हुदा केटाकेटी, जवान या बृद्द सवैकालागि गर्मि मौषममा काँक्रा खर्वुजा जस्ता फःलफूल अति उपयोगि हुने स्वास्थ्यकर्मीहरु बताउछन्।

 

सरस्वती, सरयु, आरोही, विशाल, नवकिरण, कोहिनुर, रेडलेडी, आईसवक्स, सागरकिङ्ग, रोयलकिङ्ग, व्ल्याक वगदह, रामधारी लगायत विभिन्न जातका खर्वुजामा ९०÷९५ प्रतिशत पानीको मात्रा, भिटामीन ए, भिटामीन सी., खनिज पदार्थ, तथा मिनरल्सले भरिपूर्ण हुने भएकाले गर्मी सिजनका लागि खर्वुजा लाभकारी हुने स्वास्थ्यकर्मीहरु बताउछन् । नेपालमा पछिल्ला वर्षहरूमा खर्वुजा खेती विस्तार हुँदै गएको कृषि क्षेत्रका जानकारहरू बताउँछन् ।

झापा, मोरङ, सुनसरी, सप्तरी, चितवन, नवलपरासी, कैलाली र कञ्चनपुरमा व्यावसायिक रूपमा यसको खेती भइरहेको छ । बलौटे दोमट माटो, राम्रो घाम लाग्ने क्षेत्र र पानी नजम्ने जमिन खर्वुजा खेतीका लागि उपयुक्त मानिन्छ । नेपालमा खर्वुजाको मागअनुसार उत्पादन भने अझै हुन सकेको छैन । गर्मी मौसममा नेपाली बजारमा बिक्री हुने ठूलो परिमाण भारतबाट आयात हुने गरेको व्यवसायीहरू बताउँछन् । स्थानीय उत्पादन पर्याप्त नहुँदा हरेक वर्ष करोडौँ रुपैयाँ बराबरको खर्वुजा बाहिरबाट भित्रिने गरेको छ ।

 

विशेषज्ञहरूका अनुसार यदि सरकारले सिँचाइ, भण्डारण, बीउबिजन र बजार व्यवस्थापनमा सहयोग गर्ने हो भने नेपालमै खर्वुजा उत्पादन बढाएर आयात घटाउन सकिने सम्भावना छ ।
स्वास्थ्यका हिसाबले लाभदायक मानिने खर्वुजाको अत्यधिक सेवन भने केही अवस्थामा हानिकारक पनि हुन सक्छ । अस्वच्छ तरिकाले काटिएको वा लामो समय खुला राखिएको खर्वुजा खाँदा पेटसम्बन्धी समस्या आउन सक्ने चिकित्सकहरू चेतावनी दिन्छन् । विषादीयुक्त फलले दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउन सक्ने भएकाले अर्गेनिक उत्पादनलाई प्राथमिकता दिन उनीहरूको सुझाव छ ।

सरस्वती, सरयु, आरोही, विशाल, नवकिरण, कोहिनुर, रेड लेडी, आइस बक्स, सागर किङ, रोयल किङ, ब्ल्याक बगदह र रामधारी लगायत विभिन्न जातका खर्वुजा अहिले नेपाली खेतमा उत्पादन हुन थालेका छन् ।
प्राकृतिक विपत्तिका चुनौतीबीच पनि स्थानीय कृषकहरूको मेहनतका कारण अहिले उर्लाबारीमा उत्पादन भएको अर्गेनिक खर्वुजाले बजार पाउन थालेको छ । उपभोक्ताको विश्वास र सरकारी सहयोग अझ बढ्न सके नेपालमा खर्वुजा खेती ठूलो सम्भावना बोकेको व्यवसाय बन्ने कृषि क्षेत्रका जानकारहरूको भनाइ छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२५ करोड ऋणमा ५० लाख घुस माग्ने नेपाल बैंकका पूर्वअध्यक्ष चन्द्रबहादुर विशेष अदालतबाट कसुरदार ठहर

१४ असोज, काठमाडौं । ऋण दिएबापत घुस मागेको आरोप खेपेका नेपाल बैंक लिमिटेडका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी विशेष अदालतबाट दोषी ठहर भएका छन् । विशेष

बाढीले क्षतविक्षत भएको एक महिनापछि बेत्रावतीसम्म जोडियो सडक, रसुवागढी नाका खुलाउने प्रयास तीव्र

काठमाडौँ , असोज १४। भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोले सडक तथा पुलहरूमा क्षति पुर्‍याई सञ्जालबाट विच्छेद भएको एक महिनापछि बेत्रावतीसम्मको सडक पुनः जोडिएको छ । नेपाली

खर्च कटौतीको नीतिविपरीत साढे ३ करोडको विलासी गाडी किन्ने प्रक्रिया मधेस सरकारद्वारा रद्द

जनकपुरधाम , असोज १४। मधेस प्रदेश सरकारले ‘अति विशिष्ट व्यक्ति’ (भीभीआईपी) का लागि साढे ३ करोड रुपैयाँ बराबरको विलासी चारपाङ्ग्रे सवारीसाधन खरिद गर्न आह्वान गरेको

गुठी संस्थान र जनकपुरधाम उपमहानगरपालिकाबीच टकराव, पोखरी खाली गराउने अभियान अन्योलमा

जनकपुर , असोज १४। जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले गुठी संस्थानमाथि प्रश्न उठाएका छन् । उनले सम्पूर्ण जनकपुरको जग्गा गुठी कै भएकोले सार्वजनिक सौचालय