यूएईले दियो नेपाललाई २०३ रनको लक्ष्य

UAE-VS-Nepal-Cricakte

 

 

 

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा खेलमा घरेलु टोली युएईसँग खेलिरहेको छ । युएईले नेपाललाई जितका लागि २०३ रनको लक्ष्य दिएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदान टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ९ विकेट गुमाएर २०२ रन बनाएको हो ।

युएईका लागिरोहन मुस्ताफाले सर्वाधिक ६० रन बनाए । यस्तै मुहम्मद वासिमले ३३, चिराग सुरीले २६ र भृत्य अरविन्दले २४ रन बनाए । बलिङमा नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा १ मेडन राख्दै ३२ रन खर्चेर ३ विकेट लिए ।

करण केसीले ९ ओभरमा ३६ रन तथा सोमपाल कामीले १० ओभरमा ४४ रन खर्चेर समान २ विकेट लिए । यस्तै करण केसी, दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले १-१ विकेट लिए ।

पहिलो विकेटका लागि वासिम र सुरीले ५७ रनको साझेदारी गर्दै युएईलाई गतिलो सुरुवात दिलाएका थिए । तर १६औं ओभरको अन्तिम बलमा कप्तान सन्दीप लामिछानेले वासिमलाई एलबीडब्लु धरापमा पार्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

१९औं ‌ओभरमा करण केसीले सुरीलाई विकेटकिपर विनोद भण्डारीबाट क्याचआउट गराए । त्यसपछि दीपेन्द्र सिंह ऐरीले २३औं ओभरको पहिलो बलमा सिपी रिजवानलाई विनोदबाटै क्याचआउट गराएपछि युएई ७३-३ को स्थितीमा पुग्‍यो । रिजवान ४ रन बनाएर आउट भए ।

भृत्य अरविन्द र रोहन मुस्ताफाले युएईको इनिङ्सलाई अघि बढाए । तर यी दुईबीच ३२ रनको साझेदारी आरिफ शेखले तोडे । आरिफले ३२औं ओभरमा भृत्यलाई बोल्ड गरे ।

त्यसपछि मुस्ताफा र बसिल हमिदले पाँचौ विकेटका लागि ४७ रनको साझेदारी गरे । कप्तान सन्दीपले यी दुईको साझेदारीलाई ४३औं ओभरमा ब्रेक गर्दै बसिल हमिदलाई कट एण्ड बोल्ड गरे । हमिदले १७ रन जोडे ।

एक छेउबाट इनिङ्स अघि बढाइरहेका मुस्ताफालाई सोमपाल कामीले ४६औं ओभरमा बोल्ड गरे । मुस्ताफाले ७३ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा ६० रन बनाए । सोमपालले ४६औं ओभरमै कासिफ दाउदलाई कुशल भुर्तेलबाट क्याचआउट गराएपछि युएईले १७२ रन हुँदा सातौं विकेट गुमायो ।

त्यसपछि कप्तान सन्दीपले ४७औं ओभरमा युएईका कप्तान अहेमद राजाला खाता खोल्न नदिई बोल्ड गरे । युएईका अलिशान सारापुले २१ रन बनाए । जहुर खान ९ रनमा अविजित रहे ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधिन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाईते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन