यूएईले दियो नेपाललाई २०३ रनको लक्ष्य

 

 

 

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा खेलमा घरेलु टोली युएईसँग खेलिरहेको छ । युएईले नेपाललाई जितका लागि २०३ रनको लक्ष्य दिएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदान टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ९ विकेट गुमाएर २०२ रन बनाएको हो ।

युएईका लागिरोहन मुस्ताफाले सर्वाधिक ६० रन बनाए । यस्तै मुहम्मद वासिमले ३३, चिराग सुरीले २६ र भृत्य अरविन्दले २४ रन बनाए । बलिङमा नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा १ मेडन राख्दै ३२ रन खर्चेर ३ विकेट लिए ।

करण केसीले ९ ओभरमा ३६ रन तथा सोमपाल कामीले १० ओभरमा ४४ रन खर्चेर समान २ विकेट लिए । यस्तै करण केसी, दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले १-१ विकेट लिए ।

पहिलो विकेटका लागि वासिम र सुरीले ५७ रनको साझेदारी गर्दै युएईलाई गतिलो सुरुवात दिलाएका थिए । तर १६औं ओभरको अन्तिम बलमा कप्तान सन्दीप लामिछानेले वासिमलाई एलबीडब्लु धरापमा पार्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

१९औं ‌ओभरमा करण केसीले सुरीलाई विकेटकिपर विनोद भण्डारीबाट क्याचआउट गराए । त्यसपछि दीपेन्द्र सिंह ऐरीले २३औं ओभरको पहिलो बलमा सिपी रिजवानलाई विनोदबाटै क्याचआउट गराएपछि युएई ७३-३ को स्थितीमा पुग्‍यो । रिजवान ४ रन बनाएर आउट भए ।

भृत्य अरविन्द र रोहन मुस्ताफाले युएईको इनिङ्सलाई अघि बढाए । तर यी दुईबीच ३२ रनको साझेदारी आरिफ शेखले तोडे । आरिफले ३२औं ओभरमा भृत्यलाई बोल्ड गरे ।

त्यसपछि मुस्ताफा र बसिल हमिदले पाँचौ विकेटका लागि ४७ रनको साझेदारी गरे । कप्तान सन्दीपले यी दुईको साझेदारीलाई ४३औं ओभरमा ब्रेक गर्दै बसिल हमिदलाई कट एण्ड बोल्ड गरे । हमिदले १७ रन जोडे ।

एक छेउबाट इनिङ्स अघि बढाइरहेका मुस्ताफालाई सोमपाल कामीले ४६औं ओभरमा बोल्ड गरे । मुस्ताफाले ७३ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा ६० रन बनाए । सोमपालले ४६औं ओभरमै कासिफ दाउदलाई कुशल भुर्तेलबाट क्याचआउट गराएपछि युएईले १७२ रन हुँदा सातौं विकेट गुमायो ।

त्यसपछि कप्तान सन्दीपले ४७औं ओभरमा युएईका कप्तान अहेमद राजाला खाता खोल्न नदिई बोल्ड गरे । युएईका अलिशान सारापुले २१ रन बनाए । जहुर खान ९ रनमा अविजित रहे ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अपजसजति अध्यक्षलाई थोपर्ने प्रवृत्तिले पार्टी बलियो बन्दैन : गीता अधिकार

जस आफूले लिने र अपजस एक्लो अध्यक्षको टाउकोमा हाल्ने गरी छरपस्ट ढंगले नेताहरूका अभिव्यक्ति सामाजिक सञ्जालमा किन बारम्बार आइरहन्छन् ?’

पार्टी पुनर्गठनका नाममा कार्यकर्ता विभाजन भयो : भण्डारी

‘कार्यदलका नाममा जे गरियो र मुल नेतृत्व फेर्न भन्ने भाष्य खडा गरियो । यसले पार्टीलाई अझै कमजोर र कार्यकर्तालाई विभिन्न खेमामा विभाजन गरेको छ ’

प्रधानमन्त्री शाह कतार हुँदै अमेरिका प्रस्थान

काठमाडौ , ६ असोज | प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त  राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ः०० बजे कतारको

३० वर्षे सेवाले अधिकांश सचिव बाहिरिँदै, पेन्सनमा पनि नयाँ सीमा प्रस्तावप्रस्तावित

काठमान्डौ ,६ असाज ।संघीय निजामती सेवा विधेयक जस्ताको तस्तै लागू भए हाल कार्यरत अधिकांश अनुभवी सचिव सेवाबाट बाहिरिने अवस्था देखिएको छ। विधेयकमा ५५ वर्ष उमेर

भारी वर्षाको सम्भावनाबारे मन्त्रीद्वयले लिए जानकारी

काठमान्डौ,६ असोज।गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा पुग्नुभएको छ। मन्त्रीद्वयले असोज ८, ९ र १० गते

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,